मानव आवाज

२०८३ बैशाख ११ गते
00: 00: 00
२०८३ बैशाख ११ गते

दुधौलीमा १५ दिने फोटोभिडियो आधारभूत तालिम सम्पन्न

रुद्रबहादुर खड्का, सिन्धुली ।

‘सिप सिकौँ, उद्यमी आत्मनिर्भर बनौँ’ भन्ने मूल नाराका साथ उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीले दुधौली नगरपालिका–४ स्थित श्री सरस्वती क्याम्पस, डकाहाका विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरेको १५ दिने आधारभूत फोटो तथा भिडियो तालिम एक विशेष समारोहकाबिच २०८२ मङ्सिर २६ गते सम्पन्न भएको छ ।

कार्यक्रमकी प्रमुख अतिथि, बागमती प्रदेश सरकारकी पूर्व उद्योग तथा वाणिज्य मन्त्री सुकुमाया तामाङले जीवन उपयोगी सीप विद्यार्थीसम्म पहुँचाउने कार्यक्रम आवश्यक रहेको बताउँदै, आफ्नो कार्यकालमा उद्यमशीलता प्रवर्धनका थुप्रै कार्यक्रम सञ्चालन गरेको स्मरण गर्नु भयो ।

प्रविधिमूखी यस्ता तालिमहरूले विद्यार्थीलाई आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नु भयो ।

विशिष्ट अतिथि तथा उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीका कार्यालय प्रमुख ध्रुव ढकालले सरस्वती क्याम्पसमा सञ्चालन भएको तालिमले विद्यार्थीलाई डिजिटल प्रविधिसँग परिचित गराउन महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो ।

उहाँले तालिमले कार्यालयको लक्ष्य तथा उद्देश्य प्राप्तिमा योगदान पुगेको भन्दै खुशी व्यक्त गर्नु भयो ।

क्याम्पस प्रमुख वेदराज दहालले पहिलोपटक सरस्वती क्याम्पसमा फोटोभिडियोसम्बन्धी आधारभूत तालिम सञ्चालन गर्न पाएकोमा उत्साह व्यक्त गर्नु भयो ।

डिजिटल युगमा सीप सिक्नु अनिवार्य भइसकेकाले १५ दिने तालिममार्फत विद्यार्थीले व्यावहारिक ज्ञान प्राप्त गरेको उल्लेख गर्दै उहाँले प्रदेश सरकार तथा आयोजनाप्रति धन्यवाद प्रकट गर्नु भयो ।

१५ जनाको सहभागिता रहेको तालिमको सहजीकरण जनजाति पत्रकार महासङ्घ सिन्धुलीका सदस्य तथा सहायक प्रशिक्षक राजकुमार श्रेष्ठले गर्नु भएको थियो ।

प्रशिक्षक श्रेष्ठका अनुसार विद्यार्थीको सक्रिय सहभागिता र सिकाइप्रतिको उत्साहका कारण फोटो–भिडियोका महत्वपूर्ण पक्षहरू प्रभावकारी रूपमा सिकाउन सम्भव भएको थियो ।

Author

Share the News

Related News