सिन्धुली । भोटेकोशीमा आएको विनाशकारी बाढीपहिरोमा परी बेपत्ता भएका सिन्धुलीका एक व्यक्तिको दुई महिनापछि धार्मिक तथा सामाजिक परम्पराअनुसार प्रतीकात्मक अन्त्येष्टि गरिएको छ ।
२०८३ भदौ १० गते भोटेकोशीमा आएको बाढीपहिरोमा परी बेपत्ता भएका सिन्धुलीको दुधौली नगरपालिका-४ का ४५ वर्षीय मोहनविक्रम थापाको परिवारले कुशको प्रतीकात्मक शव बनाएर अन्तिम संस्कार गरेको हो ।
त्रिशूली-३ बी जलविद्युत् आयोजनामा कार्यरत थापा बाढीपहिरोमा परेपछि बेपत्ता हुनुभएको थियो । घटनापछि आफन्त तथा स्थानीयवासीले उहाँको खोजी गरे पनि हालसम्म फेला पार्न सकेका छैनन् ।
दुई महिनासम्म खोजी गर्दा पनि उहाँको अवस्था अज्ञात रहेपछि परिवारले धार्मिक रीतिरिवाज तथा सामाजिक परम्पराअनुसार अन्तिम संस्कार गर्ने निर्णय गरेको पारिवारिक स्रोतले जनाएको छ ।
दुई महिनासम्म फर्किने आशामा प्रतीक्षा गर्दा पनि कुनै खबर नआएपछि परिवारले २०८३ कात्तिक ११ गते बुधबार कमला नदीमा कुशको प्रतीकात्मक शव बनाएर धार्मिक विधिअनुसार उहाँको अन्त्येष्टि गरेको हो ।