पोखरा । गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले प्रदेश मातहत ११ जिल्ला मध्येबाट कास्की जिल्लाका प्रहरी उपरीक्षक नवीन कार्कीलाई २०८२ चैत महिनाको उत्कृष्ट प्रहरी घोषणा गर्दै पुरस्कारबाट सम्मानित गरेको छ ।
उपरीक्षक कार्कीलाई आफ्नो जिम्मेवारी इमान्दार, कर्तव्यनिष्ठ र व्यावसायिक ढङ्गले निर्वाह गरेको भन्दै सम्मान गरिएको प्रहरी नायव महानिरीक्षक दिपेन्द्र घर्ती क्षेत्रीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
पोखरामा भएको विभिन्न घटनाको अनुसन्धानमा महत्वपूर्ण भूमिका खेलेको भन्दै उत्कृष्ट प्रहरी सम्मान गरेको विज्ञप्तिमा भनिएको छ ।
कार्कीले सम्पादन गरेको कार्य सर्वोत्कृष्ट रहेकाले सम्पादित कार्यको उच्च मुल्याङ्कन गरी २०८२ साल चैत महिनाको उत्कृष्ट प्रहरी घोषणा गरी नगद र प्रमाणपत्र सहित पुरस्कृत गरिएको जनाइएको छ ।
