मानव आवाज

२०८३ भदौ २२ गते
00: 00: 00
२०८३ भदौ २२ गते

पोखरा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा शोभा गौतम विजयी

पोखरा । पोखरा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा शोभा गौतम विजयी हुनुभएको छ । निर्वाचनमा गौतमले ७५१ मत प्राप्त गर्दै अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।

सङ्घको ३६ औं अधिवेशनबाट गौतम तीन पुरुष प्रतिस्पर्धी अर्जुन पोखरेल, उत्तममान बुद्धाचार्य र बलराम आचार्यलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

पोखरा उद्योग वाणिज्य सङ्घमा शोभा गौतम ७२ वर्षको इतिहासमा महिला नेतृत्वका रुपमा उदय हुनुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी अर्जुन पोखरेलले ६३७ मत प्राप्त गर्नुभयो । त्यस्तै उत्तममान बुद्धाचार्यले ६०१ मत र बलराम आचार्यले २५३ मत प्राप्त गर्नुभयो ।

सङ्घको वरिष्ठ उपाध्यक्षमा दिनेशचन्द्र बास्तोला विजयी भएका छन् । उद्योग उपाध्यक्षमा सौगात थापा र वाणिज्य उपाध्यक्षमा मनोजकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

यसैगरी महासचिवमा सुदीप प्रधानाङ्ग, उपमहासचिवमा प्रदीप राजभण्डारी र कोषाध्यक्षमा देवेन्द्र प्रजु विजयी हुनुभएको छ ।

१० खुला सदस्यतर्फ दुर्गा बराल, अमृत पोख्रेल, निर्मला चापागाईं, गोविन्दबहाुदर केसी, रामेश्वर अधिकारी, मनोहरि पौडेल, भानुभक्त अधिकारी, दिलीपकुमार श्रेष्ठ, रामप्रसाद कँडेल र कमलबहादुर सुनार निर्वाचित हुनुभएको छ ।

चार वस्तुगत सदस्यतर्फ केशव ढकाल, मुक्तिप्रसाद पनेरु, लक्ष्मीप्रसाद अधिकारी र लालप्रसाद ढकाल तथा एक औद्योगिक सदस्यमा पिताम्बर अधिकारी यसअघि नै निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समिति संयोजक दामु अधिकारीले बताउनुभयो । सङ्घको कार्यकाल दुई वर्षको हुने पनि उहाँले जानकारी दिनुभयो ।

Author

सम्बन्धित समाचार