मानव आवाज

२०८३ असोज २९ गते
00: 00: 00
२०८३ असोज २९ गते

पोखरामा मोटरसाइकल दुर्घटना : पैदलयात्री र चालकको मृत्यु

पोखरा । पोखरामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री र मोटरसाइकल चालक गरी दुई जनाको मृत्यु भएको छ ।

२०८३ असोज २९ गते बिहान पोखरा महानगरपालिका-१७ बालोदय चोकस्थित सिद्धार्थ राजमार्गमा दुर्घटना भएको हो ।

विरौटाबाट छोरेपाटनतर्फ जाँदै गरेको ग १४ प ४८७९ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका पैदलयात्रीलाई ठक्कर दिएको थियो । त्यसपछि अनियन्त्रित भएको मोटरसाइकल सडकको डिभाइडरमा ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक पोखरा-१७ निवासी १९ वर्षीय सफलकुमार श्रेष्ठ र लमजुङ घर भई हाल विरौटामा बस्दै आउनुभएका ४५ वर्षीय पैदलयात्री कृष्ण कुमालको मृत्यु भएको कास्की प्रहरी प्रमुख नवीन कार्कीले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते भएका दुवै जनालाई सुरुमा उपचारका लागि विरौटास्थित नोबेल अस्पताल लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएका दुवै जनालाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय कास्कीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार