मानव आवाज

२०८३ श्रावण १३ गते
00: 00: 00
२०८३ श्रावण १३ गते

सक्नेरी ज्येष्ठ नागरिक सेवा केन्द्र दोस्रो वर्षमा, अध्यक्षमा जगन्नाथ तिमिल्सिना

पोखरा । सक्नेरी ज्येष्ठ नागरिक सेवा केन्द्र, पोखरा महानगरपालिका–२६ को प्रथम अधिवेशन तथा पहिलो साधारण सभा सम्पन्न भएको छ । अधिवेशनसँगै केन्द्र दोस्रो वर्षमा प्रवेश गरेको छ ।

अधिवेशनले आगामी तीन वर्षका लागि जगन्नाथ तिमिल्सिनाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा राममणि बराल, सचिवमा पुष्पराज अधिकारी, सहसचिवमा माया बराल र कोषाध्यक्षमा विष्णुप्रसाद सिग्देल चयन भएका छन् ।

सदस्यहरूमा परशुराम अधिकारी, पितृप्रसाद अधिकारी, पवित्रा ढुङ्गाना गौतम, शारदा बराल, भगवती बराल र इन्द्रबहादुर राजभाट रहेका छन् ।

यसैगरी, शालिकग्राम पौडेल, खेमप्रसाद भण्डारी र शारदा देवी बराललाई सल्लाहकार चयन गरिएको निर्वाचन संयोजक तथा लेखनाथ नगरपालिकाका संस्थापक मेयर शालिकग्राम पौडेलले जानकारी दिए ।

कार्यक्रमकी प्रमुख अतिथि पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले सेवाभावले सञ्चालन हुने सामाजिक संस्थाहरूलाई महानगरको निरन्तर साथ र सहयोग रहने बताउनुभयो ।

उनले ज्येष्ठ नागरिकबिच आपसी सद्भाव, अनुभव आदानप्रदान र मानसिक सन्तुष्टिका लागि सञ्चालन गरिने गतिविधि समाजका लागि सकारात्मक र अनुकरणीय रहेको उल्लेख गरिन् ।

कार्यक्रममा पोखरा महानगरपालिकाको सामाजिक विकास शाखाकी अधिकृत चन्द्रावती वाग्ले, पोखरा महानगरपालिका-२६ का वडा सदस्य सुदीपराज ढुङ्गाना, पोखरा वृद्धाश्रम सीतापाइलाका अध्यक्ष कुसुमकेशव पराजुली, दीग्दर्शन वाचनशिरोमणि पण्डित दीपक सापकोटा, लेखनाथ नगरपालिकाका संस्थापक मेयर शालिकग्राम पौडेल, जल्धारे ज्येष्ठ नागरिक सेवा केन्द्रका अध्यक्ष मनोहरि ढुङ्गाना, सत्यता सहकारीका अध्यक्ष नीकिता पौडेल तथा जागरुक नागरिक समाजका माधव पौडेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

ज्येष्ठ नागरिक दिवा सेवा सञ्चालन गर्दै आएको उक्त केन्द्रमा हाल १ सय २५ जना सदस्य आबद्ध छन् ।

जगन्नाथ तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव पुष्पराज अधिकारीले गर्नुभएको थियो ।

Author

Share the News

Recent News

Related News