मानव आवाज

२०८३ बैशाख १० गते
00: 00: 00
२०८३ बैशाख १० गते

लेखक सङ्घ कास्कीको अध्यक्षमा पौडेल चयन

पोखरा । “हाम्रो प्रतिबद्धता : विचार, अभिव्यक्ति तथा लेखकीय स्वतन्त्रता” मूल मन्त्रसहित २०६७ सालमा स्थापित नेपाली लेखक सङ्घ कास्कीको साधारणसभा तथा छैटौँ अधिवेशन २०८२ चैत २१ गते पोखरामा सम्पन्न भएको छ ।

अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि तथा सङ्घका सल्लाहकार प्रा. डा. लक्ष्मीशरण अधिकारीले लेखक सङ्घ लोकतन्त्रवादी लेखक साहित्यकारहरूको साझा थलो भएको उल्लेख गर्नुभयो ।

उहाँले देशको कठिन परिस्थितिमा लेखक साहित्यकारहरूको सिर्जनाले विशेष महत्त्व राख्ने र संस्थाको समग्र विकासमा योगदान पुर्‍याउने धारणा व्यक्त गर्नुभयो ।

नवनिर्वाचित अध्यक्ष 'अथक' ले संस्थाको निष्ठा जोगाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । स्याङजा जिल्ला  आँधिखोला-३ स्थायी घर भइ पोखरामा २६ वर्षदेखि पत्रकारितामा क्रियाशीलः उहाँका गीत, गजल, मुक्तक, खण्डकाव्य, उपन्यास  र हाइकू गरी २१ कृति सार्वजनिक भइसकेका छन्  ।' उहाँले केही समयअघि गण्डकी प्रज्ञा-प्रतिष्ठानको रिक्त कुलपतिका लागि आवेदन दिनु भएको छ  ।

छैटौँ अधिवेशनबाट साहित्यकार तथा रेडियोकर्मी कमल पौडेल ‘अथक’को नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।

समितिको उपाध्यक्षमा चन्द्रावती वाग्ले, सचिवमा रोशन तिमिल्सिना, सहसचिवमा वसन्त चालिसे र कोषाध्यक्षमा गायत्री पराजुली चयन हुनुभएको छ ।

सदस्यमा भेषराज पौडेल निर्वाचित भएको जानकारी सङ्घका सल्लाहकार एवम् निर्वाचन अधिकृत लक्ष्मण थापाले दिनुभयो ।

समितिका बाँकी सदस्य तथा सल्लाहकारहरू आगामी कार्यसमिति बैठकबाट चयन गरिने नवनिर्वाचित अध्यक्ष कमल पौडेल ‘अथक’ले जानकारी दिनुभयो ।

सङ्घका अध्यक्ष रिता अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय उपाध्यक्ष इश्वरमणि अधिकारी, प्रदेश अध्यक्ष दीपक समीप, उपाध्यक्ष कमल पौडेल ‘अथक’ र सचिव सञ्जय न्यौपाने ‘प्राञ्जल’ले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

Author

Related News