मानव आवाज

२०८३ श्रावण ६ गते
00: 00: 00
२०८३ श्रावण ६ गते

पोखरा–१४ मा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध स्थानीय समिति गठन

पोखरा । “महिला सशक्तीकरण हाम्रो सङ्कल्प, बाल शोषणविरुद्ध अभियान आजको विकल्प” भन्ने नारासहित पोखरा महानगरपालिका–१४ मा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध १३ सदस्यीय स्थानीय समिति गठन गरिएको छ ।

बाल तथा महिला सशक्तिकरण समाज–नेपाल, कास्कीको आयोजना, पोखरा महानगरपालिका–१४ को समन्वय तथा गुड सेफर्ड इन्टरनेशनल फाउण्डेशन नेपालको सहयोगमा २०८३ साउन ६ गते समिति गठन गरिएको हो ।

गठित समितिको संयोजकमा वडा नं. १४ का वडाध्यक्ष बोधबहादुर कार्की चयन हुनुभएको छ । समितिका सदस्यहरूमा दिलमाया गुरुङ, मीनालक्ष्मी शर्मा, काशीनाथ घिमिरे, पूर्णदीप सुवेदी, अभिषेक सुनार, मोतिसागर अधिकारी, राजेन्द्र चापागाईं, राधा गरम्जा, नमुनाथ पाध्या र तिलकराम लम्साल रहनुभएको छ । बाँकी दुई सदस्य पछि मनोनयन गरिने सदस्य तथा पत्रकार मोतिसागर अधिकारीले जानकारी दिनुभयो ।

समितिका संयोजक कार्कीले बालबालिका तथा महिलाको संरक्षण, सशक्तिकरण र मानव बेचबिखन तथा ओसारपसारविरुद्ध जनचेतना अभिवृद्धि गर्न स्थानीय स्तरमा विभिन्न कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

उहाँले टोल–टोलमा सचेतनामूलक अभियान सञ्चालन गर्दै यस्ता जघन्य अपराधको रोकथाममा समितिले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

Author

Share the News

Recent News

Related News