मानव आवाज

२०८३ मङ्सिर ९ गते
00: 00: 00
२०८३ मङ्सिर ९ गते

सामूहिक गिरफ्तारीको मागसहित धर्नामा पत्रकार

ललितपुर । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणप्रति सरकारले अनुदार व्यवहार देखाएको विरोधमा नेपाल पत्रकार महासङ्घले घोषणा गरेको आन्दोलनका कार्यक्रमअन्तर्गत ललितपुरमा क्रियाशील पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय, मानभवनमा धर्ना दिएका छन् ।

२०८३ मङ्सिर ९ गते आयोजित धर्नामा पत्रकारहरूले ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ लेखिएको प्लेकार्ड र ब्यानर प्रदर्शन गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ ललितपुरका अध्यक्ष रामहरी कार्कीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अङ्कुश लगाउने सरकारी प्रयत्नको विरोधमा आन्दोलन गरिएको र नागरिक स्वतन्त्रताको रक्षार्थ पत्रकारहरू निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

धर्ना कार्यक्रममा पत्रकारहरू मनऋषि धिताल, रमेशप्रसाद तिमल्सिना, कार्कीलगायत विभिन्न सञ्चारगृहमा आबद्ध सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार