हेटौँडा । बागमती प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत १९ औँ बैठक २०८३ मङ्सिर १५ गते दिउँसो १ बजेका लागि आह्वान गरिएको छ ।
मुख्यमन्त्री किरण थापाले २०८३ भदौ ९ गते विश्वासको मत लिएपछि प्रदेशसभा बैठक बसेको थिएन ।
प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम उपसभामुख अप्सरा चापागाईंले बैठक आह्वान गर्नुभएको बताइएको छ ।