मानव आवाज

२०८३ बैशाख १० गते
00: 00: 00
२०८३ बैशाख १० गते

पत्रकार श्रेष्ठद्वयलाई पितृ शोक

पोखरा । पोखरामा क्रियाशील रेडियोकर्मी तथा नेपाल पत्रकार महासङ्घ कास्कीका पूर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठ र एभरेस्ट मिडियामा आबद्ध पत्रकार महासङ्घका सदस्य सन्देश श्रेष्ठलाई पितृ शोक परेको छ ।

उहाँहरूका पिता सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका-५ निवासी भीमबहादुर श्रेष्ठको ८० वर्षको उमेरमा २०८२ चैत २२ गते बिहान निधन भएको छोरा दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

लामो समयदेखि नसासम्बन्धी रोगबाट पीडित श्रेष्ठको आफ्नै निवासमा निधन भएको हो । इटहरीको सामाजिक तथा शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउनु भएका उहाँको निधनले त्यस क्षेत्रलाई अपूरणीय क्षति पुगेको स्थानीयवासीहरूले बताएका छन् ।

स्वर्गीय श्रेष्ठको शवयात्रापछि आजै स्थानीय बुढीखोलामा अन्त्येष्टि गरिने जनाइएको छ । उहाँका श्रीमती नेत्रकुमारी श्रेष्ठ, छोराहरू दीपेन्द्र, प्रदीप र सन्देश श्रेष्ठ तथा छोरीहरू नर्वदा, शर्मिला र बन्दना श्रेष्ठ हुनुहुन्छ ।

Author

Related News