मानव आवाज

२०८३ श्रावण १४ गते
00: 00: 00
२०८३ श्रावण १४ गते

बिना न्यासुर तामाङ

शिर झुक्छ आज फेरि, गुरुको पावन छायाँमा,

जीवनको उज्यालो भेटेँ, उहाँकै ज्ञानमय मायाँमा ।

पहिलो अक्षरदेखि सपना उड्न सिकाउने ती हात,

आज पनि धड्किरहन्छन् हृदयका प्रत्येक पाट ।

अँध्यारोलाई चिर्दै उज्यालोको दीप जलाउने,

असम्भवलाई सम्भव भन्दै साहस भरिदिने ।

गल्तीमा डाँटभित्र पनि स्नेहको सुवास हुन्थ्यो,

मौन शिक्षाका प्रत्येक क्षण अमृतसरि झर्थ्यो ।

पुस्तकका पानाभन्दा विशाल थियो उहाँको ज्ञान,

आचरणमै लेखिदिनुभयो जीवनको अमूल्य विधान ।

परिश्रमको बाटो देखाई, धैर्यको दीप बाल्नुभयो,

हार नमान्ने हिम्मत भरी, आत्मविश्वास जगाउनुभयो ।

आज जहाँ छु, जति छु, त्यो सबै तपाईंकै देन,

मेरो प्रत्येक सफलतामा लुकेको छ तपाईंकै श्रम ।

नामभन्दा ठूलो छ गुरुको ऋण,

समयले पनि कहिल्यै नतिरिने अमर बन्धन ।

शतशः नमन ती सम्पूर्ण गुरुजनलाई,

जसले जीवनलाई अर्थ, उज्यालो र गन्तव्य दिनुभयो ।

शिक्षक दिवसको पावन अवसरमा

श्रद्धा, सम्मान र कृतज्ञताका अनन्त पुष्प अर्पण गर्दछु ।

Author

Share the News

Recent News

Related News