मानव आवाज

२०८३ श्रावण १० गते
00: 00: 00
२०८३ श्रावण १० गते

नेपाल शिक्षक महासङ्घ ललितपुरको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा दुलाल निर्वाचित

ललितपुर । नेपाल शिक्षक महासङ्घ ललितपुरको दोस्रो जिल्ला तथा स्थानीय अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जिल्ला तथा स्थानीय तहका नयाँ नेतृत्व चयन गर्दै शिक्षकहरूको अधिकार र कर्तव्यका पक्षमा साझा सङ्गठनलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

शिक्षकहरूको साझा सङ्गठनका रूपमा रहेको नेपाल शिक्षक महासङ्घको अधिवेशनबाट ललितपुर जिल्लाको अध्यक्षमा देवीप्रसाद दुलाल (एनएनटीए) र सचिवमा अर्जुनकुमार खरेल (एनटीए) निर्वाचित हुनुभएको छ ।

ललितपुर महानगरपालिकाको अध्यक्षमा पुष्पराज जोशी (एनटीए) र सचिवमा टीकाबहादुर खड्का (एनएनटीए), महालक्ष्मी नगरपालिकाको अध्यक्षमा शेरबहादुर बस्नेत (एनएनटीए) र सचिवमा शोभाकर भूसाल (एनटीए), गोदावरी नगरपालिकाको अध्यक्षमा ईश्वरध्वज कार्की (एनटीए) र सचिवमा रामचन्द्र सुवेदी (एनएनटीए) तथा महाङ्काल गाउँपालिकाको अध्यक्षमा कमलराज दाहाल (एनएनटीए) र सचिवमा रामकृष्ण तिमल्सिना (एनटीए) निर्वाचित हुनुभएको छ ।

कोन्ज्योसोम र बागमती गाउँपालिकामा भने महासङ्घ गठन प्रक्रिया अघि बढ्न नसकेको जनाइएको छ । 

नेपाल शिक्षक महासङ्घका संस्थापक अध्यक्ष बाबुराम थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल शिक्षक सङ्घका अध्यक्ष सुरेशप्रसाद घिमिरेले सञ्चालन गर्नुभएको थियो भने नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष देवीप्रसाद दुलालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

अधिवेशनले शिक्षक सङ्गठनबिचको सहकार्य, एकता तथा पेशागत हित संरक्षणलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको सहभागीहरूले बताएका छन् ।

Author

Share the News

Recent News

Related News