मानव आवाज

२०८३ श्रावण १४ गते
00: 00: 00
२०८३ श्रावण १४ गते

सद्‍भाव कायम गर्न नौ राजनीतिक दलको सात बुँदे अपिल (अपिलसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा २०८३ साउन १३ गते बसेको सर्वदलीय बैठकले सुनसरीलगायत विभिन्न जिल्लामा हालै विकसित घटनाक्रमप्रति गम्भीर चासो व्यक्त गर्दै सामाजिक सद्भाव, शान्ति र राष्ट्रिय एकता कायम गर्न सात बुँदे सामूहिक अपिल जारी गरेको छ ।

नौ दलको बैठकपछि जारी संयुक्त अपिलमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिको छ । साथै, घाइते नागरिक र सुरक्षाकर्मीको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

अपिलमा नेपालको विविधताबिचको एकता, सहिष्णुता र सामाजिक सद्भावलाई खल्बल्याउने कुनै पनि गतिविधि र उत्तेजनामा नलाग्न सबै नागरिकलाई आग्रह गरिएको छ ।

लोकतन्त्रमा देखिएका असन्तुष्टि र समस्याको समाधान शान्तिपूर्ण संवाद र सहमतिबाट मात्र सम्भव हुने भएकाले सम्बन्धित सबै पक्षलाई संयमता अपनाउन आह्वान गरिएको छ ।

अपिलमार्फत प्रदेश, जिल्ला र स्थानीय तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी संवादलाई तल्लो तहसम्म विस्तार गर्न र धार्मिक अगुवा, नागरिक समाज तथा स्थानीय प्रशासनको सहभागितामा विश्वासको वातावरण निर्माण गर्न राजनीतिक दलका सबै तहका समितिलाई निर्देशन दिइएको छ ।

Author

Share the News

Recent News

Related News