मानव आवाज

२०८३ श्रावण ११ गते
00: 00: 00
२०८३ श्रावण ११ गते

लघुवित्त पीडितको राजधानी मार्च, माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी

काठमाडौं । लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान–मजदुर आन्दोलन, नेपालको आह्वानमा देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितहरूले २०८३ साउन १० गते काठमाडौंमा ‘राजधानी मार्च’ गरेका छन् ।

बल्खुदेखि भद्रकालीसम्म भएको मार्चपछि आयोजित कोणसभामा आन्दोलनकारीहरूले लघुवित्त ऋण खारेज, चर्को ब्याज तथा जरिवाना मिनाहा, धितो लिलामी रोक्का, कालोसूचीबाट नाम हटाउने र पीडितलाई राहत उपलब्ध गराउन माग गरेका छन् ।

आन्दोलनमा महिला, ज्येष्ठ नागरिक, बिरामी तथा काखे शिशु बोकेका आमासमेत सहभागी भएका थिए । आन्दोलनकारीहरूले सरकारले पटक–पटक वार्ताको आश्वासन दिए पनि समस्या समाधानमा ठोस पहल नगरेको आरोप लगाउँदै अध्ययन प्रतिवेदन सार्वजनिक गर्न र वित्तीय शोषणबारे न्यायिक आयोग गठन गर्नसमेत माग गरेका छन् ।

माग पूरा नभएसम्म काठमाडौं केन्द्रित आन्दोलन जारी रहने चेतावनी आन्दोलनकारीहरूले दिएका छन् । आन्दोलनका कारण केही समय राजधानीको यातायात प्रभावित भए पनि कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रहरीले जनाएको छ ।

Author

Share the News

Recent News

Related News