मानव आवाज

२०८३ बैशाख १० गते
00: 00: 00
२०८३ बैशाख १० गते

गुल्मेली समाज पोखराद्वारा शुभकामना आदानप्रदान

पोखरा । “गुल्मेली समाज पोखरा कास्कीको चाहना, आर्थिक, सामाजिक र सांस्कृतिक समृद्धिको कामना” भन्ने नारासहित स्थापित गुल्मेली समाज पोखराले नयाँ वर्ष २०८३ को अवसरमा क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

२०८२ चैत २८ गते पोखरामा आयोजित कार्यक्रममा समाजका पूर्व अध्यक्ष बाबुराम बरालले नयाँ वर्षले सबैमा सुख, शान्ति र समृद्धि ल्याओस् भन्ने कामना व्यक्त गर्नुभयो । उहाँले समाजमा सकारात्मक सोच, सहकार्य र भाइचाराको आवश्यकता औंल्याउनुभयो ।

उहाँका अनुसार गुल्मी जिल्लाबाट पोखरामा आई विभिन्न पेसा व्यवसायमा संलग्न भई बसोबास गरिरहेका व्यक्तिहरूको सक्रियतामा समाज गठन भई विगतदेखि नै मानवीय सेवाका कार्यहरू सञ्चालन हुँदै आएका छन् ।

कार्यक्रममा समाजका सल्लाहकार शङ्कर ज्ञवालीले नयाँ वर्षको शुभकामना व्यक्त गर्दै सामाजिक तथा सांस्कृतिक सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।

समाजसेवी तथा सल्लाहकार लक्ष्मण भण्डारीले छरिएर रहेका गुल्मेलीहरूलाई समाजमा आबद्ध भई मातृभूमिको सेवामा जुट्न आग्रह गर्नुभयो ।

निर्वतमान अध्यक्ष नारायण न्यौपानेले क्यालेन्डर प्रकाशनले समाज र समुदायबीच एकता अभिवृद्धि गर्न सहयोग पुग्ने धारणा राख्नुभयो ।

शिक्षाविद् तथा सल्लाहकार तीर्थ अर्यालले समाजको हकहितका लागि सधैं साथ रहने प्रतिबद्धता जनाउँदै व्यवसायी सदस्यहरूबीच सहकार्य गर्दै व्यवसाय प्रवर्द्धनमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

रेसुङ्गा सहकारीका अध्यक्ष रेशमराज ज्ञवालीले नयाँ वर्ष २०८३ को शुभकामना व्यक्त गर्दै विगतका कमजोरीलाई सुधार गर्दै सकारात्मक कार्यमा अग्रसर हुन सदस्यहरूलाई आग्रह गर्नुभयो ।

सहकारीका शिक्षा उपसमिति संयोजक टीकाराम अर्यालले समाजलाई चलायमान बनाउन यस्ता कार्यक्रमहरूले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

समाजका वरिष्ठ उपाध्यक्ष रुक्मागत पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष कृष्णप्रसाद ज्ञवालीले स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्य प्रस्तुत गर्नुभएको थियो भने सचिव प्रकाश पुनले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा समाजका सल्लाहकार, आजीवन संरक्षक, आजीवन सदस्य, पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

Author

Related News