मानव आवाज

२०८३ बैशाख २० गते
00: 00: 00
२०८३ बैशाख २० गते

व्यवसायीलाई गण्डकी मेडिकल कलेजमा उपचारमा छुट

पोखरा । पोखरास्थित बुद्ध विशाल बजार व्यापारिक एशोसियसन र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्चबीच विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा २०८३ साल वैशाख २० गते हस्ताक्षर गरिएको हो ।

एशोसियसनका अध्यक्ष बुद्धिबहादुर कुँवरका अनुसार एशोसियसनमा आबद्ध व्यवसायीहरूले गण्डकी मेडिकल कलेजद्वारा सञ्चालन गरिने अस्पताल सेवामा १० देखि २० प्रतिशतसम्म छुट पाउनेछन् ।

सम्झौतापत्रमा एशोसियसनका अध्यक्ष कुँवर तथा गण्डकी मेडिकल कलेजका तर्फबाट प्रिन्सिपल प्रा. डा. रविन्द्रप्रसाद श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

छुट सुविधा प्राप्त गर्न सेवाग्राहीहरूले एशोसियसनमा दर्ता भई जारी गरिएको परिचयपत्र (आईडी कार्ड) अनिवार्य रूपमा प्रस्तुत गर्नुपर्नेछ ।

सम्झौता कार्यक्रममा एशोसियसनका उपाध्यक्ष मनोहरी पौडेल, महासचिव थमन सिंह गुरुङ, सचिव शान्ति श्रेष्ठ जोशी लगायतको सहभागिता रहेको थियो ।

Author

Share the News

Recent News

Related News