राजनीति Archives - मानव आवाज https://www.manavaawaj.com/category/news/politics/ तथ्य, तर्क र परिवर्तनको आवाज Sun, 07 Jun 2026 03:58:04 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.0 https://www.manavaawaj.com/wp-content/uploads/2026/04/cropped-LOGO_MN-32x32.png राजनीति Archives - मानव आवाज https://www.manavaawaj.com/category/news/politics/ 32 32 रास्वपा कास्की सभापतिमा एक मतको अन्तरले अधिकारी निर्वाचित https://www.manavaawaj.com/adhikari-elected-as-rsp-kaski-president-by-one-vote/ Sun, 07 Jun 2026 02:10:54 +0000 https://www.manavaawaj.com/?p=12527 पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीको सभापतिमा यदुनाथ अधिकारी निर्वाचित हुनुभएको छ । पोखरामा २०८३ जेठ २३ गते सम्पन्न जिल्ला अधिवेशनमा भएको निर्वाचनमा अधिकारीले प्रतिस्पर्धी एकराज न्यौपाने लाई एक मतले पराजित गर्दै सभापतिमा विजय हासिल गर्नुभयो । निर्वाचन परिणामअनुसार अधिकारीले १ सय १५ मत प्राप्त गर्दा न्यौपानेले १ सय १४ मत पाउनुभयो । खसेको ... Read more

The post रास्वपा कास्की सभापतिमा एक मतको अन्तरले अधिकारी निर्वाचित appeared first on मानव आवाज.

]]>
पोखरा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीको सभापतिमा यदुनाथ अधिकारी निर्वाचित हुनुभएको छ ।

पोखरामा २०८३ जेठ २३ गते सम्पन्न जिल्ला अधिवेशनमा भएको निर्वाचनमा अधिकारीले प्रतिस्पर्धी एकराज न्यौपाने लाई एक मतले पराजित गर्दै सभापतिमा विजय हासिल गर्नुभयो ।

निर्वाचन परिणामअनुसार अधिकारीले १ सय १५ मत प्राप्त गर्दा न्यौपानेले १ सय १४ मत पाउनुभयो ।

खसेको २ सय ३३ मतमध्ये चार मत ‘कसैलाई पनि मत नदिने’ पक्षमा परेको निर्वाचन समितिले जनाएको छ । २ सय ९० मतदाता रहेकामा सबैले मतदान गरेका थिएनन् ।

सचिव पदमा विश्वराज पौडेल विजयी हुनुभएको छ । उहाँले १ सय २२ मत प्राप्त गर्दा प्रतिस्पर्धी टेकराज सापकोटाले १ सय ६ मत प्राप्त गर्नुभयो ।

उपसभापतिमा चिनबहादुर गुरुङ तथा सहसचिवमा सुजन बस्ताकोटी निर्विरोध निर्वाचित हुनुभएको छ ।

कोषाध्यक्ष पदमा भने पछि मनोनयन गरिने जानकारी प्रदेश प्रतिनिधि दिपेन्द्र पोखरेलले दिनुभयो ।

जिल्ला समितिका १० सदस्य पदमध्ये केही सदस्य निर्विरोध चयन भएका छन् भने चार सदस्य पदका लागि मतदान भएको थियो । उक्त पदहरूमा १० जना उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए ।

नवनिर्वाचित सभापति यदुनाथ अधिकारीले अधिवेशन सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउने पार्टी पङ्क्ति, प्रतिनिधि, मतदाता, स्वयम्सेवक तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्नुभयो ।

साथै उहाँले आगामी दिनमा पार्टीको सिद्धान्त, सङ्गठन निर्माण तथा जनसेवामा अझ समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कास्की जिल्लामा उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै तत्कालीन जिल्ला सचिव तथा हाल प्रदेश प्रतिनिधि दिपेन्द्र पोखरेल (बादशाह)लाई अधिवेशनमा जिल्ला समितिले सम्मान गरेको छ ।

The post रास्वपा कास्की सभापतिमा एक मतको अन्तरले अधिकारी निर्वाचित appeared first on मानव आवाज.

]]>
शत्रुसँगको लुकामारी-३ https://www.manavaawaj.com/hide-and-seek-with-the-enemy-3/ Sat, 06 Jun 2026 00:00:00 +0000 https://www.manavaawaj.com/?p=12482 हामीलाई माधवको चिन्ता लागेन । उहाँ फाखेलमा केही समय शिक्षक भएर काम गरेको पाटनको मान्छे हुनुहुन्थ्यो । उहाँ आफूलाई जसरी पनि लुकाउन, छिपाउन सक्नुहुन्थ्यो । हामी हर्क खड्‌काको बारेमा अलिक बढी चिन्तित थियौं । उनी ज्यानको ठुलो तर मनको कमलो किसान मान्छे थिए । सङ्कट आइहाल्दा बठ्याइँ गरेर उम्किनेभन्दा बल प्रयोग गरेर उम्किने कुरामा उनी ... Read more

The post शत्रुसँगको लुकामारी-३ appeared first on मानव आवाज.

]]>
हामीलाई माधवको चिन्ता लागेन । उहाँ फाखेलमा केही समय शिक्षक भएर काम गरेको पाटनको मान्छे हुनुहुन्थ्यो । उहाँ आफूलाई जसरी पनि लुकाउन, छिपाउन सक्नुहुन्थ्यो । हामी हर्क खड्‌काको बारेमा अलिक बढी चिन्तित थियौं । उनी ज्यानको ठुलो तर मनको कमलो किसान मान्छे थिए । सङ्कट आइहाल्दा बठ्याइँ गरेर उम्किनेभन्दा बल प्रयोग गरेर उम्किने कुरामा उनी बढी विश्वास गर्थे। तर त्यस बेलामा हामी जस्तो परिस्थितिमा थियौं त्यहाँ बल प्रयोगको कनै अर्थ हुँदैनथ्यो । हामी कोही एक जनाभन्दा शत्र, धेरै बलियो थियो । हाम्रा गोडा जति तेज भए पनि शत्रुको राइफलको बुलेटभन्दा ती दिले कुदेथे । त्यसमाथि हर्क खड्‌काको ठुलो ज्यान त लुकाउन पनि निकै गाह्रोको थियो ।

तर, चिन्ताले पिरोलिएर, मन दुखाएर बस्ने समय हामीसँग पटक्कै थिएन । हामीले त्यो आहाललाई छोडेर अझ बाक्लो र गहिरो जङ्गलमा हेलिनै पर्थ्यो । त्यो भुताहा आहाल रातिको लागि मात्र सुरक्षित हुन सक्थ्यो । दिउँसो त मान्छे भूतसँग डराउँदैनथे । त्यसैले आहालमा कोही पनि आउन सक्थ्यो ।  त्यस बाहेक चैतको दिनमा अलिकति पानी सहितको त्यो आहालमा वरिपरिका बस्तु र बस्तु चराउने गोठालाहरू आउने सम्भावना पनि थियो ।

पूर्वबाट उदाएको घामले हामीलाई न्यानो दियो । हामी जङ्गलभित्र लाग्यौँ । झण्डै पाँच मिनेट हिँडेपछि देब्रेतिर पातको सरसराहट सुनेर हाम्रो अगुवा साथी ठिङ्ग उभिनु भयो । त्यसै बेला सानो पोथ्राका हाँगाहरू पन्छाउँदै माधव फुत्त डिलमा निस्कनु भयो र आफ्नो अगाडि एक हुल मानिसहरू देखेर झसङ्ग झस्किनु भयो । उहाँको आँखामा चश्मा थिएन । अनुहार फुङ्ग उडेको र बैरागिलो थियो । तिनै खाली आँखा र निराश अनुहारले उहाँले हामीतिर हेर्नु भयो र एकछिन पछि खिसिक्क हाँस्नुभयो ।

हामी सबै मन हलुका पारेर हास्यौँ ।

“तपाईं एक्लै ? हर्क हुनुहुन्न ?” सीपीले सोध्नुभयो ।

“एक्लै । म त रातभर यताको पाखामा भौतारिइ रहेँ कसैसँग भेटै भएन ।”

“तपाईँ जानेको मान्छे किन सबैभन्दा पहिले भाग्नुभाको ?” वीरबहादुरले माधवलाई हकार्नुभयो । रातिको खोजी कार्यमा लाग्दा प्रत्येक साथीले हामीलाई माधव पहिले भाग्नु भएकाले हामीले पनि भाग्नै पर्‍यो भन्नु भएकाले वीरबहादुर र मलाई अलिक बढी रिस उठेको थियो । उहाँकै भरोसामा सबै साथीलाई छोडेर हामी खाना लिन गएका थियौँ । तर, उहाँ नै पहिले भागिदिनाले सबै साथीले दुःख पाउनु र भोकै बस्नु परेको थियो भन्ने हामीलाई लागिसकेको थियो । सबै साथीहरूको टिप्पणी सुन्दा ती लाइट बालेर आएका गाउँलेहरू खास कुनै खराब मान्छे थिएनन्, ती त बरू सतर्क गराउन आएका गाउँले पो थिए भन्ने हामीलाई लागेको थियो ।

“म भागेको थिइनँ” माधवले पछुतो मानेको स्वरमा भन्नुभयो, “ती मान्छेहरू नबोलुन्जेल त मलाई वास्तै भएन । गाउँले होलान्, केही कुरा गरौँला अथवा निस्केर कतै बसौँला र तपाईंहरू फर्केपछि एउटा सल्लाह गरौँला भन्ने लागेको थियो, तर मान्छे बोल्ने बित्तिकै ऊ काका हो भन्ने थाहा भएपछि …….।”

“को काका ? मेरो काका ?” वीरबहादुरले बिचैमा कुरा काटेर सोध्नुभयो ।

“अँ ! तपाईंको काका” भनेर माधवले भनेपछि म र वीरबहादुर दुवै एकछिनको लागि सिताङ्ग भयौँ किनभने हामी जेलमा बसुन्जेल काकाको हामीप्रति राम्रो धारणा थिएन ।

“अनि….।”

“काका भन्ने थाहा पाएपछि म त त्यहाँ बस्नै सकिनँ । त्यहाँबाट निस्केर म तल खोलामा झरेँ । काका एकछिन हकारपकार गरेर जाला अथवा कमरेडहरू निस्किनै पर्‍यो भने सँगै लिएर कतै लागौँला भन्ने सोचेको थिएँ । काकाले नचिनुन् भनेर मैले त्यसो गरेको थिएँ तर मैले खोलामा फाल हाल्दा नहाल्दै सबै कमरेडहरू गुरुरु ढोकाबाट निस्केर कुदिहाल्नु भयो । म पनि उहाँहरूको पछि पछि कुदौँ भनेको त्यही बेला खोल्सीमा चश्मा खस्यो । एकछिन चश्मा खोज्दा बेला गइगो । चश्मा पनि भेटिनँ। यता कमरेडहरूको पछि पछि कुदेँ । माथिसम्म आउँदा पनि कमरेडहरूलाई भेटिनँ । जङ्गलतिर पो पस्नुभो कि भनेर जङ्गलतिर पनि पसेँ । कसैलाई भेटिनँ । रातभर यता र उता भौँतारिएपछि उतै गोठतिर झर्नुभो कि भनेर फेरि गोठतिर गएँ । के भएर गोठ पनि भत्किएको रहेछ । त्यहाँ यो मफलर भेटेँ । यो मफलर त दिनेश कमरेडको पो हो जस्तै लाग्यो । त्यो टिपेर बाहिर निस्केर यताउता खोजेँ । कतै केही पत्तो लागेन । उता उज्यालो हुने सुरसार पनि आयो । अनि त त्यहाँ पर्खिरहनु ठिक नलागेर यता जङ्गलतिर लागेँ । भौतारिँदा भौतारिँदै तपाईंहरूसँग भेट भयो ।”

माधवको लामो कथा सुन्दासुन्दै मैले आफ्नो गला छोएँ । गलामा मफलर थिएन । त्यसै बेला मलाई आफ्नो टाउकामा टोपी पनि थियो भन्ने सम्झना भयो । अनायास टाउकामा हात गयो । टाउकामा टोपी पनि थिएन । रातको चिन्ता र धपेडीमा मेरो गलाको मफलर र टाउकोको टोपी हराएको मलाई थाहै भएनछ । मलाई लाग्यो-तलो भत्केर पछारिँदा मेरो टोपी र मफलर पनि मसँगै पछारिएका थिए। पछि म चाहिँ जुरूक्कै उठेँ तर मेरो टोपी र मफलरले उठ्‌ने मौकै पाएनन् ।

“रातभरको निरूद्देश्य यात्राले सार्‍है नराम्ररी थकाएको छ । हामी कतै झुरुप्प परेको ठाउँमा गएर यसो एकछिन् आराम गरौँ ।”

यो प्रस्तावलाई हामी सबैले सहर्ष स्वीकार गर्‍यौँ । वीरबहादुरले एकपल्ट सबैको मुखमा नियालेर हेरेपछि भन्नुभयो, “अब यसै गरी झुक्कलमा परेर हर्क खड्का पनि भेटिनु भए त !”

वीरबहादुरको आशाप्रति हामी कसैले टिप्पणी गर्न सकेनौँ । हाम्रो मन एकछिनको लागि अरू बढी उदास भयो । हिजो गोपाल र नारद हराउँदा हामीलाई यत्ति धेरै पीडाले सताए जस्तो लागेको थिएन । त्यतिबेला मुक्तिको उत्साही लहरले हामीलाई बढी छोपेको थियो कि ! अथवा गोपालले कुनै न कुनै हिसावले दुई जनाको व्यवस्था मिलाउनुहुन्छ भन्ने विश्वासले मलाई समातेको थियो । अहिले भने एउटा साथीको अनुपस्थितिले हामी सबैलाई नराम्ररी चिथोरी रहेको थियो ।

हाम्रो मनमा उठेका लहरलाई ख्याल गरेर हो कि, वीरबहादुरले हामीलाई समेट्न खोज्दै भन्नुभयो, “अझै भित्र जाउँ । चार पाँच मिनेट पर एउटा सुरक्षित ठाउँ छ ।”

हामी त्यो सुरक्षित ठाउँमा पुग्यौँ । साँच्चै त्यहाँ हतपत मान्छे आउने सम्भावना थिएन । साथीहरू सेउला भाँच्दै ओछ्यान बनाएर पल्टिने तरखरमा लाग्नुभयो । त्यति बेलासम्म मकैको पोको मेरो र वीरबहादुरको काँधमा पालैपालो नाचिरहेको थियो । साथीहरू निदाउनु अघि हामीले अलिअलि मकै ख्वाउने विचार गर्‍यौँ ।

रातभरिको ओसमा मकै पनि ठुस्स परेर ठुस्किएको थियो । कुरुम कुरुम गर्ने लेकाली मकै छ्यास्स, छ्यास्स गर्दै हातमा बिलाउँथे तर पनि भोकाएको सुरमा सबै साथीले साह्रै मिठो मानेर मकै चपाउनु भयो । १२ जनाको मुखमा दुई-तीन पोल्टो मकै झण्डै झण्डै हात्तीको मुखमा जीरा जस्तै नै भयो ।

गर्मी चढ्दै गएपछि हामी शितल सेउलामाथि डड्रङग पल्टियौँ ।

थाकेर लस्त पर्नुभएका साथीहरू एक-एक गर्दै निदाउन थाल्नुभयो । म, वीरबहादुर र माधव बाटोपट्टिको सबभन्दा छेउमा पल्टिएका थियौँ । त्यो क्षेत्रसँग परिचित भएको र अहिलेसम्म एउटै हुल भएकाले हामी तीनै जनाको काँध जिम्मेवारीको भारीले गर्‍हुङ्गो भएको थियो । त्यसैले हामी तिनै जनालाई निद्रा लाग्नै सकेको थिएन । हामी गुन गुन कुरा गर्न थाल्यौँ । हाम्रो गुन गुनले विथोलिएर होला हाम्रो छेउमा सुत्नुभएको सीपी व्युझिनुभएछ । उहाँ सुतेको ठाउँबाट जुरूक्क उठ्‌नुभयो र भन्नुभयो, “हामी चार जनालाई निद्रा नलागे जस्तो छ । दुई दुई जना पालैपालो निदाउने प्रयास गरौँ । बन्धु (वीरबहादुर) र प्रभात (माधव पौडेल) निदाउने प्रयास गर्नुस् । म र दिनेश बस्छौँ । एक-दुई घण्टापछि हामी तपाईंहरूलाई उठाउँला । अनि हामी सुत्छौँ । “

उहाँले त्यसो भने पनि बन्धु र प्रभात निदाउन सक्नुभएन । हामी चारै जना, साथीहरूको निन्द्रा भरसक नविथोलियोस् भन्ने हिसावले स्वरलाई सकेसम्म सानो पारेर गुन गुन गफ गर्दै बसिरह्यौँ ।

झण्डै नौ बजेको थियो । आकाशबाट आएको एक तमासको आवाजले हामीलाई सतर्क बनायो । हामी सबै बसेको ठाउँबाट जुरूक्क उठ्‌यौँ र आकाश छ्याङ्ग देखिने एउटा रूखको आडमा उभिएर आकाशतिर नियाल्न थाल्यौँ ।

एकैछिनमा हिजोकै हेलिकोप्टर पूर्वबाट हान्निएर पश्चिमतिर लाग्यो । त्यसको उचाइ हिजोभन्दा झरेको थियो तर गति भने हिजोभन्दा बढेको थियो । हाम्रो आँखालाई दर्शन दिँदै त्यो एकछिनपछि रूखको पश्चिमी ओझेलमा हरायो । हेलिकोप्टर देखिन छोडेपछि हामीले एक-अर्काको अनुहार हेर्‍यौँ तर हामी कसैको मुखबाट कुनै शब्द निस्किएन । हामी गर्‍हुँगा पाइला लिएर साथीहरू सुतिरहनुभएको ठाउँमा गर्‍यौँ र आफ्नो पुरानो ठाउँमा थ्याच्च बस्यौँ ।

“शत्रुहरू अझै हेलिकोप्टरबाट हामीलाई खोजिरहेका छन् ।”

“गाउँबाट पनि पुलिसहरू हटेका छैनन् होला । अब के गर्ने ?”

“हामीले सीमाना नकाटुन्जेल दिनभर आराम गर्ने र रातभर यात्रा गर्ने कार्यक्रम चलाउनु पर्छ । त्यसो भएमा मात्र हामी बढी सुरक्षित रहन सक्छौँ ।”

हामी चारै जना सोचाइ र प्रश्नहरूको जङ्गलमा फस्यौँ । शत्रुको घेराबन्दी कति बाक्लो रहेछ भन्ने अनुभूतिले हामीभित्र नजानिँदो ढङ्गले त्रासको पर्खाल उभ्याइ दिएको थियो । हामी चारै जना मन खोलेर त्यो त्रासलाई अभिव्यक्त गर्न तयार थिएनौँ । तर, हाम्रो निर्णयहीन छलफलले त्यही अन्यौललाई नै दर्शाइरहेको थियो ।

फेरि हेलिकोप्टरको परिचित आवाज आकाशमा गुन्जियो । हामी पहिलेभन्दा बढी सतर्क भएर बसेको ठाउँबाट जुरूक्क उठ्यौँ र अघिकै रूखको आडमा गएर आकाशतिर नियाल्न थाल्यौँ । हेलिकोप्टर पूर्वतिर फर्किएको थियो तर त्यो पहिलेभन्दा अझ होचो थियो र त्यसको गति पनि एकदम सुस्त थियो । मलाई लाग्यो, त्यो झन् झन् ओरालो झर्दै हाम्रो टाउकामाथि आइरहेछ । मैले हेलिकोप्टरलाई नियालेर हेरेँ । मलाई लाग्यो, म त्यसभित्र शिकारीका जस्ता तिखा आँखा नियालेर बसेको बैरीलाई छर्लङ्गै देखिरहेको छु ।

हेलिकोप्टरलाई पूर्वतिरका रूखहरूले छेकेपछि हामी फेरि अघिकै ठाउँमा गएर बस्यौँ । हाम्रो गन्थन, सऱ्याक्सुरुक र हेलिकोप्टरको आवाजले होला, सुतेका साथीहरू छट्पटाउँदै आँखा उघार्न थाल्नुभयो । सबैभन्दा पहिले व्युँझनेमा शायद शेखर हुनुहुन्थ्यो । उहाँ सुतेको ठाउँबाट जुरूक्क उठ्नुभयो र हामीलाई नियालेर हेरेपछि उहाँले भन्नुभयो, “तपाईंहरू एक झप्को पनि सुत्नुभएको छैन जस्तो छ,” बोल्दाबोल्दै उहाँले आफ्ना आँखालाई सुतेका साथीहरूमाथि डोलाउनु भयो, “अब म पालो बस्छु । तपाईंहरू एकछिन् सुत्नोस् । अहिले निदाउन सक्नुभएन भने तपाईंहरू भरे राति पटक्कै हिँड्न सक्नुहुन्न ।”

“आकाशमा हेलिकोप्टर उडिराखेको छ, विशेष ख्याल गर्नुहोला,” सिपीले बसेकै ठाउँमा डङ्ग्रङ्ग पल्टिँदै भन्नुभयो, “हामी एकछिन सुत्छौँ ।”

हामी चारै जना आ-आफ्नो ठाउँमा पल्टियौँ । त्यसै बेला शेखरले उहाँको छेउमा सुत्नुभएको धर्मलाई उठाउनुभयो । राम्ररी निदाएर व्युझिएका दुई जना साथीहरू सुरक्षामा बसेको हुनाले हाम्रो मनले पनि ढाडस पायो । हामी नजानिँदो पाराले थाहा पाउँदा पाउँदै फुस्स निदायौँ ।

म बिउझँदा घाम मध्ये आकाशबाट अलिकति पश्चिमतिर ढल्केको थियो । साथीहरू झुरुप्प समूह बनाएर गफगाफमा लाग्नुभएको थियो । मैले अल्छी लाग्दा आँखाहरूलाई वरिपरि डुलाएँ । माधव पल्टिरहनु भएको थियो । सीपी र वीरबहादुर भरखरै बिउँझनु भए जस्तो थियो । शेखर र धर्म हाम्रो छेउपट्टि निदाइरहनु भएको थियो ।

“आफैँ पालैपालो निदाउने र पालो बस्ने नियम बसेछ ।” मैले मनमनै भने ।

म उठेँ र जिउ मरक्क पारेर बटारेँ । मैले गफ गरिरहनु भएका साथीहरूतिर हेरेँ । सबैको अनुहार निन्याउरो थियो । मैले उराठिएको मन लिएर निदाइरहेका साथीहरूतिर हेरेँ । त्यहाँ एउटा आनन्द लाग्दो शान्ति थियो । मलाई लाग्यो ब्युँझिएकाहरू चारैतिरबाट ओइरिएका समस्याले पिरिएका छन् तर निदाएकाहरू यति बेला समस्यारहित भएका छन् ।

“आज दुईचोटि हेलिकोप्टर उड्यो” राजेनले भन्नुभयो । राजवंशी भए पनि नक्शालवादीबाट आउनुभएको राजेन अप्ठ्यारो नेपाली बोल्नुहुन्थ्यो तर उहाँको नेपाली बोली मलाई रमाइलो र मिठो लाग्थ्यो- “शेखरहरू गार्ड बसेको बेला पनि एक पटक उडेछ । वर्गशत्रु जमिनबाट नसकेर हामीलाई आकाशबाट पनि खेदिरहेको छ ।”

“अब सबै उठे भएछ” सिपीले उठेर आङ तान्दै भन्नुभयो, “अलिकति सरसल्लाह पनि गर्नुछ । सबैलाई उठाउनोस् ।”

हामी सबै जऱ्याक-जुरूक उठ्यौँ ।

“शत्रुले हामीलाई चारैतिरबाट घेरेको छ । तर, उनीहरू दिनमा मात्र सक्रिय भएका छन् । अध्यक्ष माओत्सेतुङले भन्नुभएको छ….।”

त्यति बेला माओत्सेतुङको नाम हाम्रो लागि मान्छेको नभएर एउटा पवित्र संस्कार जस्तो लाग्थ्यो । सिद्धान्त, राजनीति र विचारधाराका कुरा उठ्दा अध्यक्ष माओत्सेतुङको नाम नआउन एउटा असम्भव कुरा हुन्थ्यो । त्यसैले माओत्सेतुङको नाम आएपछि सिपीले थाल्नुभएको कुरालाई अझ ध्यान दिएर सुन्न हामी उहाँको नजिक नजिक सर्‍यौँ । त्यसो गर्दा हामी सुतेका सेउलाको सरसराहटले वातावरणको शान्तिलाई नराम्ररी भङ्ग गर्‍यो । त्यो-सरसराहटभरि आफ्नो भनाइलाई रोकेपछि सिपीले भन्नुभयो, “अध्यक्ष माओत्सेतुङले भन्नुभएको छ, शत्रु अघि बढ्दा हामी पछि हट्नुपर्छ…।”

उहाँले लामो सैद्धान्तिक बहसको फेरो मारेपछि अन्तमा भन्नुभयो, “त यसरी हामी अघि बढ्नुपर्छ र विभिन्न ठाउँबाट देशभित्र छिर्नुपर्छ । अब भन्नोस् तपाईंहरूले कहाँ कहाँबाट देशभित्र पस्ने र कसरी काम गर्ने विचार गर्नुभएको छ ।”

सबैले आ-आफ्नो मनको कुरा गर्नुभयो । मेरो पालो निकै पछिल्लो चरणमा आयो । शायद मभन्दा पछाडि माधव र वीरबहादुर मात्र हुनुहुन्थ्यो । मैले जबाफ दिनु अघि एकछिन मनमा कुरा खेलाएँ । मैले कस्तो जबाफ दिने ? कहाँ र कसरी काम गर्ने भनेर टिप्पणी गर्ने ? मैले राजनीतिलाई खास गरेर त्रिचन्द्र कलेजको आँगनमा सिकेँ । राजनीतिमा केही नबुझ्दै पाएको पुलिस चुटाई र यातनाले मलाई कम्युनिस्ट बनाएका थिए । बाध्य भएर कम्युनिस्ट बनेपछि पनि मैले मूल रूपमा काठमाडौँलाई नै आफ्नो कार्यथलो बनाएको थिएँ । म पहिले त्यही विद्यार्थी क्षेत्रमा सक्रिय रहेँ । पछिल्लो कालमा मैले त्यही मजदुरहरूको बिचमा काम थालेँ र वीरबहादुर जस्तो साथी बनाएँ । ‘जनसङ्गठन बनाउनु संशोधनवाद हो’ भन्ने सन्देश बोकेर एक वर्ष अगाडि आएको झापाली हुण्डरीले हामीलाई जनकार्य छोड्न मात्रै होइन करिब २ सय ५० मजदुर बिचको हाम्रो सङ्गठन र कामलाई पनि बिथोल्न लगाएको थियो । हामी त्यो ठुलो सङ्ख्याबाट साँगुरिएर १२-१५ जनामा आएका थियौँ । यस्तो स्थितिमा मैले कहाँ गएर कसरी काम गर्ने भन्ने ? मैले मनमा एक दर्जन का खेलाइसकेपछि भनेँ, “काम त मलाई आफ्नो जन्म थलोमा गर्न मन लागेको छ, तर यो झापाली बाटोलाई मैले ग्रामीण व्यवहारमा आत्मसात गर्न सकेको छैन । त्यसैले तीन-चार महिनाको लागि म पनि अरू साथीहरूले भने जस्तै झापा जान चाहन्छु । नरेश, शेखर, धर्म र जीवनसँगै मलाई पनि झापा पठाइयोस् । त्यहाँ व्यवाहारिक शिक्षा लिएर म भोजपुरतिरै गएर आफ्नो आधार बनाउँछु ।”

(क्रमशअर्को भाग २०८३ जेठ ३० गते मानव आवाज अनलाइनमा)

मुक्त आकाशको खोजी-४ सत्रुसँगको लुकामारी-२

मुक्त आकाशको खोजी-३ शत्रुसँगको लुकामारी

मुक्त आकाशको खोजी-२ मुक्त आकाशमुनि !

मुक्त आकाशको खोजी-१ मुक्ति प्रयास

मुक्त आकाशको खोजीमा प्रदिप नेपाल

The post शत्रुसँगको लुकामारी-३ appeared first on मानव आवाज.

]]>
स्वर्णिम बजेटको अर्थराजनीति https://www.manavaawaj.com/the-economics-of-the-golden-budget/ Wed, 03 Jun 2026 15:40:47 +0000 https://www.manavaawaj.com/?p=12411 सनोज महत नयाँ राजनीतिक शक्ति, नयाँ नेतृत्व र परिवर्तनको तीव्र अपेक्षाबिच प्रस्तुत भएको बजेटले अर्थतन्त्रमा नयाँ मोड ल्याउने आशा गरिएको थियो । तर, बजेटको संरचना, स्रोत व्यवस्थापन र खर्च प्राथमिकता हेर्दा यसले विगतको वित्तीय ढाँचाबाट धेरै टाढा यात्रा गर्न सकेको देखिँदैन । प्रस्तुत लेखमा बजेटको राजनीतिक पृष्ठभूमि, आर्थिक संरचना, भ्रष्टाचारबारेको प्रचलित विमर्श र राज्यको भूमिकासम्बन्धी ... Read more

The post स्वर्णिम बजेटको अर्थराजनीति appeared first on मानव आवाज.

]]>
सनोज महत

नयाँ राजनीतिक शक्ति, नयाँ नेतृत्व र परिवर्तनको तीव्र अपेक्षाबिच प्रस्तुत भएको बजेटले अर्थतन्त्रमा नयाँ मोड ल्याउने आशा गरिएको थियो । तर, बजेटको संरचना, स्रोत व्यवस्थापन र खर्च प्राथमिकता हेर्दा यसले विगतको वित्तीय ढाँचाबाट धेरै टाढा यात्रा गर्न सकेको देखिँदैन । प्रस्तुत लेखमा बजेटको राजनीतिक पृष्ठभूमि, आर्थिक संरचना, भ्रष्टाचारबारेको प्रचलित विमर्श र राज्यको भूमिकासम्बन्धी लेखकको दृष्टिकोण प्रस्तुत गरिएको छ ।

परिवर्तनको अपेक्षा बजेटको यथार्थ

डा. स्वर्णिम वाग्ले त्यही व्यक्ति हुन्, जसले यसअघि पनि नेपाल सरकारका बजेट निर्माणमा विभिन्न तहमा भूमिका निर्वाह गरिसकेका थिए । यसपटक फरक यति मात्र रह्यो-बजेटको तयारीमा सहभागी हुने मात्र होइन, त्यसलाई संसदमा प्रस्तुत गर्ने जिम्मेवारी पनि उनकै हातमा आयो । नयाँ राजनीतिक ऊर्जा, परिवर्तनको भाष्य र असन्तुष्ट मतदाताको समर्थनमार्फत बनेको सरकारमाथि अर्थतन्त्रमा नयाँ छलाङ्ग मार्ने अपेक्षा स्वाभाविक थियो । विशेषगरी प्रधानमन्त्री बालेन शाहको लोकप्रियता र वैकल्पिक राजनीतिक छविले नागरिकमा परम्परागत शासन शैलीभन्दा फरक परिणामको अपेक्षा जन्माएको थियो । तर प्रस्तुत बजेटले प्रशासनिक वा आर्थिक संरचनामा उल्लेखनीय परिवर्तनको सङ्केत दिन सकेको देखिँदैन ।

राजनीतिक पृष्ठभूमि : असन्तोषदेखि नयाँ शक्तिसम्म

विश्वव्यापी रूपमा सामाजिक सञ्जालमा “नेपो बेबी” बहस चलिरहेको समयमा नेपालमा पनि परम्परागत राजनीतिक शक्तिप्रतिको असन्तोष बढ्दै गएको थियो । लामो समयदेखि दोहोरिँदै आएको शासन संरचना, आर्थिक अपेक्षा पूरा नहुनु र सामाजिक सञ्जालमार्फत फैलिएको भ्रष्टाचारविरोधी भाष्यले राजनीतिक वातावरण बदल्न भूमिका खेल्यो । भ्रष्टाचारलाई देशको अविकासको प्रमुख कारणका रूपमा व्याख्या गर्ने प्रवृत्तिले नयाँ राजनीतिक शक्तिलाई अवसर दियो । यही वातावरणमा राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन शाहजस्ता नयाँ राजनीतिक पात्रहरू लोकप्रिय भए । तर सत्ता परिवर्तनसँगै आर्थिक संरचना परिवर्तन हुन सक्यो कि सकेन भन्ने प्रश्न बजेटले नै उत्तर दिनुपर्ने विषय बन्यो ।

अङ्क, अक्षर तथ्याङ्कमा बजेट

सरकारले कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपियाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।

स्रोत व्यवस्थापनतर्फ:

  • १४ खर्ब अर्ब ३१ करोड (६६%) – राजस्व
  • खर्ब ५७ अर्ब २८ करोड (३१%)– आन्तरिक तथा बाह्य ऋण
  • ६१ अर्ब ६४ करोड (%) वैदेशिक अनुदान

खर्चतर्फ:

  • १२ खर्ब ७० अर्ब ५८ करोड (६०%)– चालु खर्च
  • खर्ब ३१ अर्ब १० करोड (२०%) – वित्तीय व्यवस्थापन
  • खर्ब २२ अर्ब ६४ करोड (२०%) – विकास तथा पुँजीगत खर्च

सहज रूपमा बुझ्दा-१०० रुपियाँ बराबरको बजेट बनाउन सरकारले ६६ रुपियाँ राजस्व, ३१ रुपियाँ ऋण र ३ रुपियाँ अनुदानमा भर पारेको छ । त्यसमध्ये ६० रुपियाँ राज्य सञ्चालनमा, २० रुपियाँ ऋणको साँवा-ब्याज तिर्न र बाँकी २० रुपियाँ विकास निर्माणमा खर्च गर्ने लक्ष्य लिइएको छ । यस संरचनाले एउटा गम्भीर प्रश्न उठाउँछ-राजस्व लक्ष्य नपुगे, ऋण अपेक्षाअनुसार आएन वा सहायता घट्यो भने सबैभन्दा पहिले असर विकास खर्चमै पर्नेछ।

भ्रष्टाचार भुँडी फोडुवा अर्थराजनीति

नेपालको आर्थिक र राजनीतिक बहसमा भ्रष्टाचारलाई प्रायः सबै समस्याको मूल कारणका रूपमा प्रस्तुत गरिन्छ । तर, यस्तो देश, जहाँ विकास खर्च कुल बजेटको सीमित हिस्सा मात्र हुन्छ, जहाँ चालु खर्च उच्च छ र राजस्व अभाव हुँदा विकास बजेट कटौती हुन्छ-त्यहाँ विकास नहुनु केवल भ्रष्टाचारको परिणाम मात्र हो भन्न पर्याप्त नहुन सक्छ । चालु खर्चको ठूलो हिस्सा प्रशासनिक संरचना, कर्मचारी व्यवस्थापन तथा सामाजिक दायित्वमा जान्छ । ऋणको साँवा-ब्याज भुक्तानी अनिवार्य खर्च हो । यस्तो अवस्थामा सीमित विकास बजेटमै भ्रष्टाचारको सम्पूर्ण बहस केन्द्रित हुनु पर्याप्त विश्लेषण नहुन सक्छ ।

चालु खर्चको चाप राज्य संरचनाको प्रश्न

नेपालमा चालु खर्च निरन्तर बढ्दै गएको छ । सङ्घीय शासन व्यवस्था लागू भए पनि प्रशासनिक पुनर्संरचना अपेक्षित रूपमा हुन सकेको छैन । सुरक्षासम्बन्धी संरचना विस्तार, संस्थागत दोहोरोपन र प्रशासनिक बोझले सरकारी खर्च बढाएको छ । विकासका लागि २० प्रतिशत मात्र स्रोत छुट्याएर बाँकी संरचना सञ्चालनमा खर्च गर्ने प्रणालीले दीर्घकालीन आर्थिक रूपान्तरण गर्न कठिन हुन्छ ।

भ्रष्टाचार : कारण परिणाम

भ्रष्टाचारलाई कानुनी वा नैतिक प्रश्नका रूपमा नभई सामाजिक संरचना, भविष्यको असुरक्षा र सम्पत्ति सङ्कलनको मनोविज्ञानसँग जोड्न सकिन्छ । लोककल्याणकारी राज्य प्रणाली भएका समाजमा नागरिकको आधारभूत सुरक्षाको जिम्मेवारी राज्यले लिँदा व्यक्तिगत असुरक्षा कम हुने र सम्पत्ति सङ्कलनको दबाब घट्ने निश्चित छ । त्यसैगरी, सम्पत्ति पुस्तान्तरण, सामाजिक प्रतिष्ठा र शक्ति संरचनाले पनि भ्रष्टाचारलाई दीर्घकालीन रूपमा प्रभाव पार्न सक्छ । यस आधारमा भ्रष्टाचार नियन्त्रण केवल दण्डात्मक उपायबाट सम्भव हुँदैन, त्यसका लागि सामाजिक सुरक्षा, आर्थिक संरचना र सार्वजनिक नीतिको पुनरावलोकन आवश्यक हुन्छ भन्न सकिन्छ ।

आम्दानीखर्च मिलानमै रुमलिएको सरकार

भूगोल, जनसङ्ख्या वितरण र विकासबिचको सम्बन्धलाई नजर अन्दाज गर्न मिल्दैन । पहाडी क्षेत्रमा बसाइँसराइ, उत्पादन संरचनाको परिवर्तन, प्राकृतिक स्रोतको उपयोग र निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिगत स्पष्टता आवश्यक छ । राज्यले नियन्त्रणकर्ता होइन, सक्षम नियामकको भूमिका निर्वाह गर्नुपर्ने, निजी क्षेत्रलाई लगानीमैत्री वातावरण दिनुपर्ने र दीर्घकालीन आर्थिक दृष्टिकोण निर्माण गर्नुपर्ने अपेक्षा छ । तर, प्रस्तुत बजेटले त्यस्तो संरचनात्मक परिवर्तनको सङ्केत दिन सकेको छैन ।

असन्तोष, आरोप–प्रत्यारोप र परिवर्तनको आकाङ्क्षाबाट नयाँ राजनीतिक शक्ति सत्तामा पुग्यो । तर, राजनीतिक परिवर्तन मात्र पर्याप्त हुँदैन, आर्थिक संरचना, बजेट प्राथमिकता र कार्यान्वयन क्षमता पनि परिवर्तन हुनुपर्छ । प्रस्तुत बजेटले नयाँ राजनीतिक नेतृत्वको प्रतिनिधित्व गरे पनि यसको संरचनाले अघिल्ला सरकारहरूको वित्तीय ढाँचासँग निरन्तरता देखाएको छ । अर्थतन्त्रको उडान लोकप्रियता, प्रतीक र राजनीतिक भाषणभन्दा धेरै गहिरो संरचनात्मक परिवर्तनमा निर्भर हुन्छ ।

(महत सार्वजनिक नीति, राजनीति र अर्थराजनीतिलगायत समसामयिक सवालमा लेखन तथा टिप्पणी गर्न रुची राख्नुहुन्छ ।)

The post स्वर्णिम बजेटको अर्थराजनीति appeared first on मानव आवाज.

]]>
गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत https://www.manavaawaj.com/gandaki-provincial-governments-policies-and-programs-presented/ Tue, 02 Jun 2026 14:29:35 +0000 https://www.manavaawaj.com/?p=12405 पोखरा । गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत गरिएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्ट ले प्रदेशसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । प्रदेशसभा सचिवालयका अनुसार अपराह्न ४ बजे बसेको प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो । संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारले ... Read more

The post गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत appeared first on मानव आवाज.

]]>
पोखरा । गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत गरिएको छ ।

प्रदेश प्रमुख डिल्लीराज भट्ट ले प्रदेशसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

प्रदेशसभा सचिवालयका अनुसार अपराह्न ४ बजे बसेको प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो ।

संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारले आगामी असार १ गते बजेट ल्याउनुपर्ने भएकाले त्यसअघि नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो ।

नीति तथा कार्यक्रममा प्रदेशको आर्थिक विकास, उत्पादन तथा उत्पादकत्व वृद्धि, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास, शिक्षा तथा स्वास्थ्य सेवाको सुदृढीकरण, उद्यमशीलता विकास र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखिएको जनाइएको छ ।

साथै सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार तथा डिजिटल प्रणालीको विस्तारलाई पनि विशेष महत्व दिइएको छ ।

नीति तथा कार्यक्रममाथि प्रदेशसभामा छलफल हुने र सदस्यहरूले दिएका सुझावका आधारमा आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया अगाडि बढाइने प्रदेश सरकारको तयारी रहेको छ ।

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन जेठ ११ गतेदेखि सुरु भएको थियो । अधिवेशनअन्तर्गत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि समेत छलफल भइसकेको छ ।

The post गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत appeared first on मानव आवाज.

]]>
गण्डकीमा ‘नमुना बाल प्रदेशसभा’ प्रशिक्षण तथा अभ्यास https://www.manavaawaj.com/model-childrens-provincial-assembly-training-and-practice-in-gandaki/ Mon, 01 Jun 2026 01:07:11 +0000 https://www.manavaawaj.com/?p=12391 पोखरा । बालबालिकालाई लोकतान्त्रिक शासन व्यवस्था, नेतृत्व विकास तथा राजनीतिक प्रक्रियाबारे व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजित ‘नमुना बाल प्रदेश सभा’ सम्बन्धी तीनदिने प्रशिक्षण तथा अभ्यास कार्यक्रम सम्पन्न भएको छ । कन्सोर्टियम नेपालको आयोजनामा जेठ १५ देखि १७ गतेसम्म पोखरामा सञ्चालन गरिएको कार्यक्रमको समापन सत्रमा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले बालबालिकाको आवाजलाई ... Read more

The post गण्डकीमा ‘नमुना बाल प्रदेशसभा’ प्रशिक्षण तथा अभ्यास appeared first on मानव आवाज.

]]>
पोखरा । बालबालिकालाई लोकतान्त्रिक शासन व्यवस्था, नेतृत्व विकास तथा राजनीतिक प्रक्रियाबारे व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजित ‘नमुना बाल प्रदेश सभा’ सम्बन्धी तीनदिने प्रशिक्षण तथा अभ्यास कार्यक्रम सम्पन्न भएको छ ।

कन्सोर्टियम नेपालको आयोजनामा जेठ १५ देखि १७ गतेसम्म पोखरामा सञ्चालन गरिएको कार्यक्रमको समापन सत्रमा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले बालबालिकाको आवाजलाई नीति तथा निर्णय प्रक्रियासम्म पुर्‍याउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले राजनीति देशलाई समृद्ध बनाउने महत्वपूर्ण औजार भएकाले बालबालिकामा राजनीतिप्रति सकारात्मक सोच विकास गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सामाजिक विकास तथा कृषि समिति सभापति दमयन्ती रुचालले राजनीति फोहोर खेल नभई देश सञ्चालन गर्ने एक पद्धति भएको भन्दै बालबालिकालाई यसको सही बुझाइ दिन आवश्यक रहेको बताउनुभयो ।

आगामी वर्षहरूमा अहिलेका बालबालिकाले नै देशको नेतृत्व सम्हाल्ने भएकाले उनीहरूलाई समयमै सही मार्गदर्शन दिनुपर्ने उहाँको भनाइ थियो ।

उहाँले संविधान, ऐन र नियमद्वारा देश सञ्चालन हुने तथ्यलाई आत्मसात् गर्दै आत्मसम्मानपूर्वक अधिकार प्रयोग गर्न सिकाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमको पहिलो दिन बाल अधिकार, प्रदेशसभाको आधारभूत अवधारणा, अर्थपूर्ण बाल सहभागिता तथा कन्सोर्टियम नेपालको भूमिकाबारे प्रशिक्षण दिइएको थियो ।

तीन तहका सरकार, व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको परिचय तथा प्रदेशसभासम्बन्धी विषयमा अधिवक्ता कुञ्जनी परियारले सहजीकरण गर्नुभएको थियो ।

नेपालमा नमुना संसद अभ्यासको इतिहास तथा बाल संसदको अवधारणाबारे अमृत देवकोटाले प्रस्तुति दिनुभएको थियो ।

दोस्रो दिन संसदीय प्रक्रिया, भूमिका बाँडफाँड, बालबालिकाको डिजिटल अधिकार, सुरक्षित डिजिटल अभ्यास तथा सूचनाको हकसम्बन्धी विषयमा प्रशिक्षण सञ्चालन गरिएको थियो ।

प्रदेशसभाका पदाधिकारी चयन, मुख्यमन्त्री निर्वाचन, सभामुख चयन, मन्त्रिपरिषद् गठन, संसदीय समिति गठन तथा ‘बाल साइबर सुरक्षा तथा डिजिटल सचेतना ऐन, २०८३’ माथि समितिगत छलफल समेत गरिएको थियो ।

तेस्रो दिन बाल प्रदेशसभाको अन्तिम अभ्यास, प्रदर्शन तथा अवलोकन भ्रमणका साथै ‘बालबालिकाको नागरिक स्थान सुनिश्चित गर्दै’ विषयमा प्रस्तुति तथा छलफल आयोजना गरिएको थियो ।

कन्सोर्टियम नेपालका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज डिल्लीप्रसाद शर्माले बालबालिकाको आवाजलाई नीति निर्माण तहसम्म पुर्‍याउन यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

उहाँले गण्डकी प्रदेशमा बाल सहभागिताको अवस्था, चुनौती र अवसरबारे नियमित छलफल तथा अन्तरक्रियामार्फत सचेतना अभिवृद्धिका कार्यहरू हुँदै आएको जानकारी दिनुभयो ।

कार्यक्रममा गैरसरकारी संस्था महासङ्घ कास्कीकी अध्यक्ष इन्दिरा पौडेल, मानवअधिकार एलायन्स गण्डकीका अध्यक्ष बुद्धिबहादुर थापा, अधिकारकर्मी सङ्गीता भण्डारी, राष्ट्रिय बालअधिकार परिषद, गण्डकी समन्वय अधिकृत बद्रिप्रसाद वाग्ले, चिल्ड्रेन नेपाल, पोखराका कार्यक्रम संयोजक रमेश सुबेदीलगायतका वक्ताहरूले बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न ‘नमुना बाल प्रदेशसभा’ जस्ता अभ्यास प्रभावकारी र अनुकरणीय रहेको धारणा व्यक्त गर्नुभएको थियो ।

कन्सोर्टियम नेपालका केन्द्रीय अध्यक्ष प्रदीप लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न जिल्लाका बालबालिकाको सहभागिता रहेको थियो ।

The post गण्डकीमा ‘नमुना बाल प्रदेशसभा’ प्रशिक्षण तथा अभ्यास appeared first on मानव आवाज.

]]>
प्रधानमन्त्रीको लज्जास्पद अभिव्यक्ति र रास्वपाको मौनता ! https://www.manavaawaj.com/the-prime-ministers-shameful-statement-and-the-rsvps-silence/ Mon, 01 Jun 2026 00:51:40 +0000 https://www.manavaawaj.com/?p=12389 सीमा, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डता कुनै दल, नेता वा सरकारको निजी सम्पत्ति होइनन् । यी विषय राष्ट्रका संवेदनशील र अस्तित्वसँग जोडिएका प्रश्न हुन् । त्यसैले राज्यको नेतृत्व गर्ने व्यक्तिले यस्ता विषयमा बोल्दा तथ्य, प्रमाण र राष्ट्रिय हितप्रति असाधारण जिम्मेवारी प्रदर्शन गर्नुपर्छ । तर, प्रधानमन्त्री बालेन्द्र शाहले २०८३ जेठ १७ गते प्रतिनिधिसभाको रोष्ट्रमबाट दिनुभएको अभिव्यक्तिले अहिले ... Read more

The post प्रधानमन्त्रीको लज्जास्पद अभिव्यक्ति र रास्वपाको मौनता ! appeared first on मानव आवाज.

]]>
सीमा, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डता कुनै दल, नेता वा सरकारको निजी सम्पत्ति होइनन् । यी विषय राष्ट्रका संवेदनशील र अस्तित्वसँग जोडिएका प्रश्न हुन् । त्यसैले राज्यको नेतृत्व गर्ने व्यक्तिले यस्ता विषयमा बोल्दा तथ्य, प्रमाण र राष्ट्रिय हितप्रति असाधारण जिम्मेवारी प्रदर्शन गर्नुपर्छ । तर, प्रधानमन्त्री बालेन्द्र शाहले २०८३ जेठ १७ गते प्रतिनिधिसभाको रोष्ट्रमबाट दिनुभएको अभिव्यक्तिले अहिले यही प्रश्न उठाएको छ-के प्रधानमन्त्रीले आफ्नो भनाइको गम्भीरता बुझ्नुभएकै थियो ? छ ?

“नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको छ” भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति केवल एउटा राजनीतिक टिप्पणी होइन, यो नेपालको स्थापित राष्ट्रिय अडान, कूटनीतिक इतिहास र सीमासम्बन्धी संवेदनशील विषयसँग प्रत्यक्ष जोडिएको विषय हो । अझ दुई देशबिचको सीमा विवाद समाधानका लागि तेस्रो पक्षको भूमिकाको सङ्केत गर्ने शैलीमा प्रस्तुत गरिएको भनाइले झन् गम्भीर प्रश्न खडा गरेको छ । सङ्केत मात्रै पनि होइन इङ्गल्याण्ड (बेलायत) सँग कुरा भइरहेको नै भन्नुभएको छ । यो अझै गम्भीर विषय छ ।

संविधानविद् डा. भीमार्जुन आचार्यले यसलाई “अति नै असामान्य र गम्भीर” भन्नुभएको छ । पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले “आपत्तिजनक, सन्देहास्पद र भर्त्सनायोग्य” भन्नुभएको छ । एमालेका योगेश भट्टराईदेखि राप्रपाका राजेन्द्र लिङ्देनसम्म, कांग्रेसका डा. चन्द्र भण्डारीदेखि विभिन्न राजनीतिक धारका नेताहरूले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ । कलाकारदेखि नागरिक समाजसम्मबाट आलोचनाको लहर चलेको छ ।

प्रश्न के हो भने-प्रधानमन्त्रीले यो निष्कर्ष कुन आधारमा निकाल्नुभयो ?  कुन नक्सा, कुन सन्धि, कुन अध्ययन वा कुन सरकारी प्रतिवेदनका आधारमा उहाँले नेपालले भारतको भूमि मिचेको दाबी गर्नुभयो ? यदि त्यस्तो कुनै आधिकारिक तथ्य छ भने सरकारले तत्काल सार्वजनिक गर्नुपर्छ । यदि छैन भने प्रधानमन्त्रीले राष्ट्रलाई भ्रमित बनाउने काम गर्नुभएको छ । प्रधानमन्त्रीले नेपाल र नेपालीको पक्षमा काम गर्ने हो । विदेशी शक्तिलाई रिजाउने अभिव्यक्ति दिने र काम गर्ने छुट प्रधानमन्त्रीलाई छैन ।

झन् चिन्ताजनक पक्ष त के छ भने प्रधानमन्त्रीको भनाइपछि सम्बन्धित मन्त्रालयहरू नै अन्योलमा देखिएका छन् । भूमि व्यवस्था मन्त्रालयका अधिकारीहरूलाई समेत प्रधानमन्त्रीले कुन आधारमा यस्तो दाबी गर्नुभयो भन्ने जानकारी छैन । मन्त्रालयसँगै स्पष्ट विवरण नभएको अवस्थामा प्रधानमन्त्रीको अभिव्यक्ति झन् गैरजिम्मेवार देखिन्छ । तर, यस सम्पूर्ण प्रकरणमा अर्को रोचक र गम्भीर पक्ष पनि छ-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को मौनता ।

रास्वपाले आफूलाई नयाँ राजनीतिक संस्कृतिको वाहक, सुशासनको पक्षधर र राष्ट्रिय हितको संरक्षक शक्तिका रूपमा प्रस्तुत गर्दै आएको छ । यही प्रस्तुतीका आधारमा मतदाताले अपार मतका साथ राज्यशक्तिको बागडोर रास्वपाकै हातमा सुम्पिए पनि । राष्ट्रियता, भ्रष्टाचारविरोध र जबाफदेहिताका विषयमा अरू दललाई कठघरामा उभ्याउने रास्वपा आज किन मौन छ ? प्रधानमन्त्रीको अभिव्यक्तिपछि देशभर बहस चलिरहेको छ, प्रमुख राजनीतिक दलका नेता बोलिरहेका छन्, संविधानविद् र पूर्वमन्त्रीहरू प्रतिक्रिया दिइरहेका छन् तर रास्वपाका शीर्ष नेताहरू सार्वजनिक रूपमा बोल्न तयार छैनन् । बोलेका केही सांसदले पनि प्रधानमन्त्रीको बचाउ नै गरिरहेका छन् । आलोचनात्मक ढङ्गबाट हेर्न सकिरहेका छैनन् वा हेरिरहेका छैनन् ।

पार्टीभित्र उकुसमुकुस छ भनिन्छ । धेरै नेताहरू प्रधानमन्त्रीको भनाइसँग सहमत छैनन् । तर, उनीहरू सभापति रवि लामिछानेको निर्देशन पर्खिरहेका छन् । यदि यो सत्य हो भने प्रश्न उठ्छ-राष्ट्रिय अखण्डताको विषयमा पनि पार्टीका नेताहरूले आफ्नो विवेक प्रयोग गर्न नपाउने हो ? देशको सीमासम्बन्धी विषयमा धारणा राख्नुअघि पनि कसैको अनुमति कुर्नुपर्ने हो ? रास्वपाले अहिले दुईमध्ये एक बाटो रोज्नुपर्छ । या त प्रधानमन्त्रीको भनाइको समर्थन गर्दै त्यसको तथ्य र आधार सार्वजनिक गर्नुपर्छ या स्पष्ट रूपमा असहमति जनाउँदै राष्ट्रिय अडान प्रस्ट पार्नुपर्छ । मौनता अब विकल्प हुन सक्दैन । किनभने सीमा र सार्वभौमसत्ताको प्रश्नमा मौन बस्नु भनेको इतिहासको कठिन घडीमा जिम्मेवारीबाट भाग्नु हो । प्रधानमन्त्रीको अभिव्यक्ति जति लज्जास्पद छ, त्यसबारे बोल्नुपर्नेहरू मौन बस्नु त्यत्तिकै चिन्ताजनक छ ।

राष्ट्रको सीमाबारे उठेको प्रश्नमा सरकार स्पष्टीकरण दिन बाध्य छ । र, राष्ट्रियताको राजनीति गर्ने दाबी गर्ने दलहरू आफ्नो धारणा सार्वजनिक गर्न बाध्य छन् । अन्यथा इतिहासले प्रश्न सोध्नेछ-देशको सीमा र राष्ट्रिय स्वाभिमानमाथि बहस भइरहेका बेला तपाईंहरू कहाँ हुनुहुन्थ्यो ? नेपाललाई तपाइँहरू कहाँबाट हेर्नुहुन्छ ? कुन पावरको चस्मा यहाँको आँखामा छ ? के नेपाल मिचाहा र विस्तारवादी शक्ति हो ? यि र यस्तै प्रश्नको घेरा तोड्न प्रधानमन्त्री र प्रधानमन्त्रीको दललाई कठिन पर्छ ।

The post प्रधानमन्त्रीको लज्जास्पद अभिव्यक्ति र रास्वपाको मौनता ! appeared first on मानव आवाज.

]]>
महिला नेतृत्व प्रवर्धनमा जोड https://www.manavaawaj.com/emphasis-on-promoting-womens-leadership/ Sun, 31 May 2026 11:16:04 +0000 https://www.manavaawaj.com/?p=12375 पोखरा । आगामी स्थानीय तहको निर्वाचनमा सीमान्तकृत तथा पिछडिएका महिलाको सहभागिता सुनिश्चित गर्न सञ्चार माध्यमहरूले दबाबमूलक र सचेतनामूलक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ । महिलाको वास्तविक राजनीतिक सहभागिता सुनिश्चित गर्न निर्वाचन प्रणालीबारे नयाँ बहस आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् । शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल (सङ्कल्प) गण्डकी प्रदेश समितिले २०८३ जेठ ... Read more

The post महिला नेतृत्व प्रवर्धनमा जोड appeared first on मानव आवाज.

]]>
पोखरा । आगामी स्थानीय तहको निर्वाचनमा सीमान्तकृत तथा पिछडिएका महिलाको सहभागिता सुनिश्चित गर्न सञ्चार माध्यमहरूले दबाबमूलक र सचेतनामूलक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ ।

महिलाको वास्तविक राजनीतिक सहभागिता सुनिश्चित गर्न निर्वाचन प्रणालीबारे नयाँ बहस आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् ।

शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल (सङ्कल्प) गण्डकी प्रदेश समितिले २०८३ जेठ १७ गते पोखरामा आयोजना गरेको ‘आगामी स्थानीय तहको निर्वाचनमा सीमान्तकृत महिलाको सहभागिता बढाउन मिडियाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले यस्तो धारणा व्यक्त गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी नारायण कार्कीले संविधान संशोधनको बहस चलिरहेको वर्तमान अवस्थामा महिलाको जनसङ्ख्याको अनुपातअनुसार प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न आवाज उठाउनुपर्ने बताउनुभयो ।

उहाँले नेपाली समाजमा अझै पनि पुरुषप्रधान सोच हाबी रहेकाले महिलाको नेतृत्व विकासका लागि विशेष व्यवस्था आवश्यक रहेको धारणा राख्नुभयो ।

प्रत्यक्ष निर्वाचन प्रणालीमा कतिपय क्षेत्रमा महिलामहिलाबिच मात्रै प्रतिस्पर्धा गराउने कानुनी वा संवैधानिक व्यवस्था गर्न सके सीमान्तकृत तथा योग्य महिलाहरू नेतृत्वमा पुग्न सहज हुने उहाँको भनाइ थियो ।

कार्कीले सीमान्तकृत महिलाहरू आर्थिक अभाव, अशिक्षा र चेतनाको कमीका कारण दोहोरो चेपुवामा परेको उल्लेख गर्दै उनीहरूलाई मूलधारमा ल्याउन राज्यले विशेष प्राथमिकताका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

महिलाहरू स्वयम् र उनीहरूका परिवार पनि परिवर्तनका लागि सक्रिय हुनुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा क्रियाशील महिला पत्रकार सङ्घ (डब्लुडब्लुजे)की केन्द्रीय सदस्य तथा सञ्चारकर्मी दुर्गा अधिकारीले स्थानीय तहको निर्वाचनमा सीमान्तकृत महिलाको सहभागिता बढाउन सञ्चार माध्यमको भूमिकाबारे सहजीकरण गर्नुभएको थियो ।

वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी माधव शर्मा, प्रेस काउन्सिलका निवर्तमान सदस्य केशवशरण लामिछाने, नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिका महासचिव जमुना शर्मा ‘वर्षा’, पत्रकार भरत कोइराला तथा महासङ्घ कास्की शाखाका उपाध्यक्ष माधव रेग्मीलगायतले दलित, उत्पीडित, जनजाति तथा अन्य पछाडि पारिएका समुदायका महिलाको प्रतिनिधित्व आगामी निर्वाचनमा सुनिश्चित हुनुपर्ने धारणा राख्नुभयो ।

सञ्जालकी अध्यक्ष तथा अधिवक्ता सरिता तिमिल्सिना पङ्गेनीले सञ्चार क्षेत्र अहिले आर्थिक सङ्कटबाट गुज्रिरहेको उल्लेख गर्दै महिलाका मुद्दामा संस्थाले निरन्तर आवाज उठाउँदै आएको बताउनुभयो ।

उहाँले आगामी दिनमा पनि समसामयिक विषयमा कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पङ्गेनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मिलन भुजेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव ईश्वरी विकले गर्नुभएको थियो ।

The post महिला नेतृत्व प्रवर्धनमा जोड appeared first on मानव आवाज.

]]>
प्रधानमन्त्रीसँग प्रश्नोत्तरको नियममै विवाद, संसद् बैठकमा चर्कियो सत्ता-प्रतिपक्ष टकराव https://www.manavaawaj.com/house-of-representatives-rules-56-60/ Sun, 31 May 2026 11:07:18 +0000 https://www.manavaawaj.com/?p=12370 काठमाडौँ । प्रतिनिधिसभा नियमावलीमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि स्पष्ट व्यवस्था रहे पनि २०८३ जेठ १७ गतेको बैठकमा त्यसै विषयलाई लिएर सत्ता पक्ष र प्रतिपक्षबिच तीव्र विवाद भएको छ । प्रधानमन्त्रीसँग गरिएको प्रश्नोत्तर प्रक्रिया नियमसम्मत नभएको भन्दै विपक्षी सांसदहरूले आपत्ति जनाएपछि बैठक केही समय तनावग्रस्त बनेको हो । प्रतिनिधिसभा नियमावलीको परिच्छेद ९ अन्तर्गत रहेको व्यवस्थाअनुसार प्रधानमन्त्री ... Read more

The post प्रधानमन्त्रीसँग प्रश्नोत्तरको नियममै विवाद, संसद् बैठकमा चर्कियो सत्ता-प्रतिपक्ष टकराव appeared first on मानव आवाज.

]]>
काठमाडौँ । प्रतिनिधिसभा नियमावलीमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि स्पष्ट व्यवस्था रहे पनि २०८३ जेठ १७ गतेको बैठकमा त्यसै विषयलाई लिएर सत्ता पक्ष र प्रतिपक्षबिच तीव्र विवाद भएको छ ।

प्रधानमन्त्रीसँग गरिएको प्रश्नोत्तर प्रक्रिया नियमसम्मत नभएको भन्दै विपक्षी सांसदहरूले आपत्ति जनाएपछि बैठक केही समय तनावग्रस्त बनेको हो ।

प्रतिनिधिसभा नियमावलीको परिच्छेद ९ अन्तर्गत रहेको व्यवस्थाअनुसार प्रधानमन्त्री वा उहाँको कार्यक्षेत्रसँग प्रत्यक्ष सम्बन्धित विषयमा सांसदहरूले प्रश्न सोध्न सक्ने व्यवस्था छ ।

सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिन बैठकको पहिलो एक घण्टा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि छुट्याउन सक्ने उल्लेख गरिएको छ । साथै, एक दिनमा बढीमा १५ जना सांसदले प्रश्न सोध्न पाउने व्यवस्था रहेको छ ।

बैठकमा सभामुखले सो प्रक्रिया अनुसारको कार्यक्रम अघि नबढाएको भन्दै प्रतिपक्ष सांसदहरूले पटकपटक ध्यानाकर्षण गराएपनि सभामुखले त्यसलाई इन्कार गर्नुभयो ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह आकस्मिक रूपमा उपस्थित भएर सांसदका जिज्ञासाको जबाफ दिन थालेपछि विपक्षी सांसदहरूले प्रक्रियामाथि प्रश्न उठाएका थिए ।

प्रधानमन्त्रीको उपस्थितिलाई सकारात्मक माने पनि नियमावलीमा तोकिएको प्रक्रियाअनुसार कार्यक्रम सञ्चालन नभएको उनीहरूको दाबी थियो ।

प्रधानमन्त्रीले जबाफ दिइसकेपछि बैठक कक्षमा नरोकिइ बाहिरिएपछि एमालेका मुख्य सचेतक ऐन महर, श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईलगायतले बोल्न समय माग गर्दै नियमापत्ति जनाउनुभएको थियो ।

सभामुख डोलप्रसाद अर्यालले समय नदिएपछि केहीबेर सभामुख र सांसदहरूबिच सवालजबाफ चलेको थियो ।

विवादका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङ आक्रोशित हुँदै आफ्नो सिटबाट उठेर रोस्ट्रमतर्फ अघि बढेपछि रास्वपाकै सांसदहरू रञ्जु दर्शना, टीका सङ्ग्रौला र भूमिका श्रेष्ठले तामाङलाई समातेर बैठक कक्षबाहिर लग्नुभएएको थियो ।

प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्रीले दिएको “नेपालले पनि भारतको भूमि मिचेको” भन्ने अभिव्यक्ति तथ्यहीन भएको दाबी गर्दै त्यसबारे स्पष्टीकरण माग गरेका छन् ।

लगातारको होहल्लापछि सभामुख अर्यालले केही सांसदहरूको नामै लिएर मर्यादित व्यवहार गर्न निर्देशन दिनुभएको थियो ।

The post प्रधानमन्त्रीसँग प्रश्नोत्तरको नियममै विवाद, संसद् बैठकमा चर्कियो सत्ता-प्रतिपक्ष टकराव appeared first on मानव आवाज.

]]>
रास्वपा पोखरा महानगरको सभापतिमा केसी निर्विरोध निर्वाचित https://www.manavaawaj.com/kc-elected-unopposed-as-president-of-rsvp-pokhara-metropolitan-city/ Sun, 31 May 2026 01:04:07 +0000 https://www.manavaawaj.com/?p=12359 पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पोखरा महानगरपालिकाको प्रथम अधिवेशनबाट आगामी पाँच वर्षे कार्यकालका लागि यातायात व्यवसायी तथा सामाजिक व्यक्तित्व योगेन्द्रबहादुर केसी सभापतिमा निर्विरोध निर्वाचित हुनुभएको छ । “सुशासन, समतामूलक उन्नति, उदार अर्थतन्त्र तथा सामाजिक न्यायसहितको बहुलवादी लोकतन्त्र” भन्ने नारासहित २०८३ जेठ १६ गते पोखरामा सम्पन्न अधिवेशनले केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । ... Read more

The post रास्वपा पोखरा महानगरको सभापतिमा केसी निर्विरोध निर्वाचित appeared first on मानव आवाज.

]]>
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पोखरा महानगरपालिकाको प्रथम अधिवेशनबाट आगामी पाँच वर्षे कार्यकालका लागि यातायात व्यवसायी तथा सामाजिक व्यक्तित्व योगेन्द्रबहादुर केसी सभापतिमा निर्विरोध निर्वाचित हुनुभएको छ ।

“सुशासन, समतामूलक उन्नति, उदार अर्थतन्त्र तथा सामाजिक न्यायसहितको बहुलवादी लोकतन्त्र” भन्ने नारासहित २०८३ जेठ १६ गते पोखरामा सम्पन्न अधिवेशनले केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

अधिवेशनलाई सम्बोधन गर्दै रास्वपाका नेता तथा कास्की क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य खड्कराज पौडेल (गनेस) ले पार्टीले जनताको हकहित र अपेक्षाअनुसार काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले सङ्गठन विस्तार, सुशासन र जनमुखी राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने लक्ष्यसहित नयाँ नेतृत्व चयन भएको बताए ।

त्यसैगरी, कास्की क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उत्तमप्रसाद पौडेलले सुकुम्बासी बस्ती व्यवस्थापन र त्यसको दिगो सञ्चालनलाई सरकारले प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

गण्डकी प्रदेशका प्रवक्ता तथा निर्वाचन अधिकृत शङ्कर पन्तका अनुसार अधिवेशनबाट उपसभापति, सचिव, सहसचिव तथा कोषाध्यक्षसहित २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।

नयाँ कार्यसमितिको उपसभापतिमा सङ्गीता गौतम, सचिवमा कमल बानियाँ, सहसचिवमा सरिता शर्मा र कोषाध्यक्षमा विष्णु बराल निर्वाचित हुनुभएको छ ।

नवनिर्वाचित सभापति केसीले पोखरा महानगरभित्र पार्टी सङ्गठनलाई थप सुदृढ बनाउँदै जनताका मुद्दा र सरोकारलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नयाँ कार्यसमितिले आगामी पाँच वर्षमा पोखरामा पार्टीका गतिविधिलाई व्यवस्थित र प्रभावकारी ढङ्गले सञ्चालन गर्दै आमनागरिकको हितमा काम गर्ने लक्ष्य लिएको गण्डकी प्रदेशका प्रतिनिधि दीपेन्द्र पोखरेलले जानकारी दिनुभयो ।

The post रास्वपा पोखरा महानगरको सभापतिमा केसी निर्विरोध निर्वाचित appeared first on मानव आवाज.

]]>
शत्रुसँगको लुकामारी-२ ! https://www.manavaawaj.com/hide-and-seek-with-the-enemy-2/ Fri, 29 May 2026 23:35:00 +0000 https://www.manavaawaj.com/?p=12327 “सबै फर्केछन् ?” “थाहा छैन रे । १२ जना पुलिस र दुईटा कुकुर भने पक्कै फर्के रे । अरू कता गए थाहा छैन रे ।” “कुकुरले पनि पत्ता लाउन सक्दो रहेनछ हगि” उहाँको कुराप्रति मैले कुनै टिप्पणी नगरेको देखेपछि वीरबहादुरले नै मसँग सोध्नुभयो । “होला नत्र त त्यो बाटैबाट गाउँतिर नलागेर हामी पसेको जङगलतिर लाग्नुपर्ने, ... Read more

The post शत्रुसँगको लुकामारी-२ ! appeared first on मानव आवाज.

]]>
“सबै फर्केछन् ?”

“थाहा छैन रे । १२ जना पुलिस र दुईटा कुकुर भने पक्कै फर्के रे । अरू कता गए थाहा छैन रे ।”

“कुकुरले पनि पत्ता लाउन सक्दो रहेनछ हगि” उहाँको कुराप्रति मैले कुनै टिप्पणी नगरेको देखेपछि वीरबहादुरले नै मसँग सोध्नुभयो ।

“होला नत्र त त्यो बाटैबाट गाउँतिर नलागेर हामी पसेको जङगलतिर लाग्नुपर्ने, “मैले अलमलिएको मनले भनेँ ।” पुलिसहरू पूर्ण सङ्ख्यामा काठमाडौँ नफर्केको समाचारले मेरो मन एक तमासको भएको थियो । त्यो गाउँमै लुकेर बसेको छ कि ! अथवा त्यो हामीले डाँडा काटिसक्यौँ भन्ने सोचेर हामीलाई “खेद्दै” अगाडि गइसकेको छ । गएको भए त केही थिएन । त्यो आज दिनभरिको यात्रा, रातको आरामदायी सुताइ र भोलि दिनभरिको हिँडाइले हामीभन्दा धेरै टाढा पुगिसक्ने थियो । तर, त्यो कुनै कारणले गाउँमै लुकेर बसेको भए ।

“हामी अब चाँडै जाउँ” मनमा धेरै कुरा खेलेपछि मैले अलिअलि अमिलिएको मनले भनेँ, “साथीहरू आत्तिन थाल्नुभयो होला । गाउँको बारेमा थोरथार जानकारी भए पनि मेरो मन रोकिन मानेन । पुलिसहरू यतै रगरग घुमिरहेको भए ! पुलिस टोली केही गरी त्यो गोठसम्म पुगिहाल्यो भने ! साथीहरू भाग्न पनि भ्याउनु हुन्न ।”

अरू दुई घान मकै सकिएपछि एउटा कपडाको थैलोमा मकै पोको पारेर हामी, बसेको ठाउँबाट जुरुक्क उठ्यौँ ।

“हामी आज रात बस्यौँ भने भोलि पनि मकै लिन आउँछौँ” वीरबहादुरले पाइला घुमाउने बित्तिकै हामी गोठतिर लाग्यौँ ।

रात बाक्लिइसकेको थियो र पूर्णिमातिर उकालो लाग्दै गरेको जुन मधुरो उज्यालो फ्याँकेर पृथ्वीलाई नियालिरहेको थियो । मलाई लाग्यो–त्यो आकाशको जून चैतको रातमा हामीलाई ढाडस दिनकै लागि आकाशतिर उकालो लागिरहेको छ ।

हामी जूनको उज्यालो छिचोल्दै खोल्सीमा झर्‍यौँ । खोल्सीको पारिपट्टि जङ्गलको ओझेलमा उभिएको गोठ कालो गोरूको आकृति जस्तो लाग्थ्यो । खोल्सीको पातलो पानीमा जुत्ताहरू जोगाउँदै हामी पारी तर्‍यौँ र एउटा सानो ढिस्को चढेर गोठको आँगनमा पुग्यौँ ।

गोठ निस्तब्धतामा डुबेको थियो। कपडाको थैलोबाट मकैको मिठो बासना उडिरहेको थियो । “साथीहरू चुपचाप बसेर खाजाको आश गरिरहनु भएको होला” मैले मनमनै भनेँ । वीरबहादुर मेरो अघिलतिर हुनुहुन्थ्यो । उहाँले गोठको साङ्ली खोल्नुभयो । हामी ढोका खोलेर भित्र पस्यौँ । गोठभित्र अझै कुनै चालचुल सुनिएन ।

“कमरेड, हामी आइपुग्यौँ”, गोठभित्र मात्र सुनिने मधुरो आवाजमा वीरबहादुर बोल्नुभयो तर उताबाट कुनै प्रत्युत्तर आएन । म छक्क परेँ ।

“कमरेडहरू” वीरबहादुरले फेरि बोलाउनु भयो । उताबाट कनै जबाफ आएन ।

मेरो शरीरका सबै रौँहरू ठाडाठाडा भए र आङ् जिरिङ्ग भयो । हामी काठे खुट्किलोबाट आँटिमा चढ्यौँ । तर, त्यहाँ पनि कोही थिएन ।

पुलिस गाउँमै थियो र त्यो हाम्रै खोजीमा थियो । हामी उज्यालो नमर्दै जङ्गलबाट निस्किएका थियौँ । दुई जना गाउँलेले हामीलाई गोठको छेउमै देखेका थिए । यति कुरा सम्झिँदा नसम्झिँदै मेरो ज्यान सीताङ्ग भयो । हातगोडा नराम्ररी लुलिए । त्यहाँभन्दा पर मैले केही सोच्नै सकिनँ ।

ठिक त्यही बेला म उभिएको चोटाको हिस्सा करर गरेर करायो र गर्लम्म आवाज निकालेर त्यो भुइँमा पछारियो । म पनि चोटाको काठ र माटोसँगै गर्ल्यामगुर्लम तल झरेँ र उत्तानो परेर पछारिएँ । जीउ रनन्न गरेर काम्यो । तर, खास केही भएनछ । म लडेको ठाउँबाट जुरूक्क उठेँ ।

“के भो कमरेड” भनेर आत्तिँदै वीरबहादुर चोटाबाट तल झर्नुभयो र अँध्यारोलाई छिचाल्दै म लडेको ठाउँमा आउनु भयो । “चोटपटक त लागेन ?” भनेर उहाँले मेरो जीउ सुम्सुम्याउनु भयो ।

“केही भएको छैन ।” मैले सानो स्वरमा वीरबहादुरको अनुहारतिर फर्केर भनेँ, “होइन, साथीहरू कता जानुभयो ?  पुलिस आएर सबैलाई सोहोरसार पारेर त पक्कै लगेन होला ।”

“अब के गर्ने ?”  वीरबहादुर पनि अलमल्ल पर्नुभयो ।

“हामी यहाँ नबसौँ” केहीबेर सोचेर मैले भनेँ, “यहाँ पुलिस आएकै भए पनि साथीहरू पक्राउ पर्नुभएको छैन । उहाँहरू भागेर नजिकैको जङ्गलतिर पस्नु भएको होला । हामी पनि उँभै लागौँ । बाटोमा कतै भेट्न सकिन्छ कि ।”

“जाउँ त ।”

हामी गोठ थुनेर बाहिर निस्कियौँ । अन्यौलका बादलहरू मडारिन थालेपछि मेरो मन अँध्यारो भयो । अघिसम्म चहकिलो लाग्ने जून पनि मधुरो जस्तो देखिन थाल्यो । “साथीहरू फर्केर अघि आएकै बाटोतिर त पक्कै लाग्नुभएन । जसरी भए पनि अगाडि बढ्ने र जति सकिन्छ त्यति चाँडो सीमाना काट्ने सल्लाह भएकै थियो । त्यसैले हामीले अगाडि नै बढ्नुपर्छ ।”

जङ्गल जाने बाटो समातेर हामी उकालो लाग्यौँ । बाटो फराकिलो र सजिलो थियो । अनि वीरबहादुर त्यो बाटोका पात–पातसँग अभ्यस्त हुनुहुन्थ्यो । त्यसैले बाधाले हाम्रो गतिलाई छेक्न सकेन । हामी दुई–चार पाइला हिँड्थ्यौ अनि पालैपालो भ्यागुताको जस्तो स्वर निकालेर ट्यार्र, टयार्र, ट्वाक, ट्वाक गर्न थाल्थ्यौँ । कतैबाट त्यस्तै प्रत्युत्तर आउँछ कि भनी हामी एकछिन प्रतीक्षा गथ्यौँ । त्यस्तो उत्तर नपाउँदा निरासिएको मनले फेरि मसिनो स्वरमा ट्वार ट्वार गर्न थाल्थ्यौँ । फेरि एकाध मिनेट हामी आवाजको प्रतीक्षामा उभिन्थ्यौँ र दोस्रो पटक पनि कुनै जबाफ नआउँदा हामी गर्‍हौँ पाइला चाल्दै अगाडि बढ्थ्यौँ ।

जङ्गलबाट खिस्रिक्क आवाज आउँदा पनि हामी ठिङ्ग उभिन्थ्यौँ । आवाज फेरि आउँछ कि भनी हामी कान थापेर सुन्थ्यौँ । धेरै पटक त दोस्रो आवाज आउँदै आउँदैनथ्यो । घरिघरि दोहोरिने आवाज चाहिँ कुनै भाग्दै गरेको जनावरको हो भनेर हामी छर्लङ्गै थाहा पाउँथ्यौँ ।

जङ्गलभित्र कतै एउटा सुकेको पात खस्दा पनि हामी सतर्क हुन्थ्यौँ र कान थापेर उभिन्थ्यौँ । तर, पातहरू दोहोरिएर खस्दैनथे । त्यसैले एकछिन दोस्रो आवाजको प्रतीक्षा गरेपछि हामी खिन्न मनले उकालो चढ्थ्यौF ।

जूनले पृथ्वीलाई उज्यालो पारेको थियो तर हाम्रो मनभित्रको जुन भने अँध्यारिFदै गएको थियो । झण्डै एक घण्टा समय बितिसक्दा पनि कुनै आपत्तिको सङ्केत नपाएकाले साथीहरू पुलिसको हात पर्नुभयो कि भन्ने आशङ्काको बादल मेरो मनबाट निस्कँदै गएको थियो । तर, त्यसको ठाउँमा अझ डरलाग्दो सन्त्रासले मलाई छोप्दै लागेको थियो । साथीहरू त्यसै आत्तिएर त जथाभावी दौडिनु भएन ? मेरो मनले बारम्बार सोध्न थालेको थियो र साथीहरू भेटिनु हुन्न कि भन्ने डरले मलाई एक्लोपनको निराशातिर धकेल्दै थियो । साथीहरू अन्धाधुन्ध बाटो लागिसक्नु भएको भए वीरबहादुर र म कहाँ जाने होला ? कसरी आफू अगाडिको समस्यालाई चिर्ने होला ? कसरी आफूलाई जोगाउँदै यो अनकण्टार छिचोलेर सीमाना टप्ने होला ? जस्ता प्रश्नहरूले मभित्रको त्रासलाई बढाउँदै थिए ।

सवा घण्टा बितिसकेको थियो । हामीले कसैलाई भेटेका थिएनौँ । तर, हामीले आफ्नो प्रयत्नलाई भने अलिकति पनि घटाएनौँ । हामी पहिले जस्तै ठाउँ ठाउँमा रोकिन्थ्यौँ, अवाजहरू सुन्ने कोसिस गर्थ्यौँ, भ्यागुताको ट्यार–ट्यार निकाल्थ्यौँ, जबाफको प्रतीक्षा गर्थ्यौं र विस्तारै उकालो लाग्थ्यौँ ।

हामी एउटा ढिस्कोमा आइपुग्यौँ । त्यो ढिस्कोबाट फाखेलको ठुलो पाटो देखिन्थ्यो । हामीले ढिस्कोमा उभिएर गाउँतिर हेर्‍यौँ । गाउँ सन्नाटाको सिरक ओढेर सुतिरहेको थियो । बेला बेलामा भुकेका कुकुरहरूको आवाजले त्यो सन्नाटालाई जुरुक्क उचाल्थ्यो तर फेरि संसार शून्यताभित्र डुबिहाल्थ्यो ।

“ट्यार्र–ट्यार्र, ट्वाक–ट्वाक ।” वीरबहादुरले अलिक जोडले आवाज निकाल्नु भयो । अहँ कुनै जबाफ आएन ।

“ट्यार्र–ट्यार्र, ट्वाक–ट्वाक ।” फेरि एकपल्ट आवाज निकालेपछि दिक्दारीको मन लिएर हामीले उकालोतिर पाइला चाल्यौँ ।

“ट्यार्र–ट्यार्र, ट्वाक–ट्वाक।” हामीले नचिताएको बेला एउटा प्रतिक्षित आवाज आयो । हामी ठिङ्ग उभियौँ, फेरि आवाज आउला कि भनेर हामीले एकछिन प्रतीक्षा गर्‍यौँ । तर, उताबाट दोस्रो आवाज आएन । मैले सकेसम्म चर्को स्वर निकालेँ– “ट्यार्र–ट्यार्र, ट्वाक–ट्वाक ।” उताबाट त्यतिकै चर्को स्वरले जबाफ फर्कायो ।

“कमरेड ।” मैले मधुरो स्वरमा भनेँ, “म दिनेश र बन्धु यहाँ छौँ ।

ढिस्कोको देब्रेपट्टिको खोल्सीमा सरर सरर आवाज आयो । हामी दुवै हतार हतार त्यता फर्कियौँ । आवाज छिटो छिटो नजिकिँदै हामी भएतिर आयो । हामी दुवैले नियालेर हेर्‍यौँ, शेखर हुनुहुँदोरहेछ ।

“के भो ? तपाईंहरू किन भाग्नुभयो ? खै अरू साथीहरू कता हुनुहुन्छ …? ”, मैले अलिक आत्तिएर एकैचोटि थुप्रै प्रश्नहरू सोधेँ ।

शेखरले एकछिन ट्वाल्ल परेर मेरो मुखमा हेरेपछि भन्नुभयो, “हामीले त तपाईँहरू शत्रुको फन्दामा पर्नुभो भन्ने सोचिराख्या ।” उहाँको स्वरबाट उत्तेजनाको लहर ओइरिरहेको थियो । एकपल्ट फेरि हामी दुवैलाई नियालेर हेरेपछि उहाँले विस्तारै भन्नुभयो, “तपाईंहरू हिँडेपछि हामी गोठको एउटा कुनामा गुजुमुज्ज परेर बस्यौँ । त्यस्तै आधा घण्टा जति पछि बाहिर आँगनमा मानिसहरू बोलेको आवाज आयो । पहिले त हामीले तपाईँहरू फर्किनुभएछ भन्ने सोच्यौँ र बसेको ठाउँबाट उठ्यौँ । त्यसै बेला बाहिरबाट आएको मान्छेले ढोकाको साङ्लो खोल्यो र हातको लाइट झलमल्ल बालेर हाम्रो सातो खायो । लाइट बाल्ने अँध्यारोमा थियो । हामीले उसलाई देखेनौँ । हामी त पुलिसले घेर्‍यो भनेर आत्तिइसकेका थियौँ । तर, त्यसै बेला त्यो मान्छेले हामीलाई हकार्दै, “तिमेरू जेलबाट भागेका चोर–डाँका हौ क्यारे । तिमेरूलाई खोज्दै पुलिस गाउँसम्म आइपुगेको छ, त्यसैले तिमेरू यहाँ बस्न पाउँदैनौँ, छिटो भागी हाल भनेपछि त्यो मान्छे शत्रु एजेन्ट होइन, सामान्य गाउँले रहेछ भन्ने हामीलाई थाहा भयो । हामी उसँग कुरा गर्ने कोसिस गर्दै थियौँ । त्यस बेला आफू बसेको ठाउँबाट माधव जुरूक्क उठ्नुभयो र ढोकाबाट बाहिर निस्कनु भयो । त्यसपछि त सबथोक चौपट भइहाल्यो । हामी भागेर यहाँ आइपुग्यौँ ।“

“त्यहाँ कति जना मान्छे आएका थिए ?”  शेखरको भनाई सकिएपछि वीरबहादुरले सोध्नुभयो ।

“दुई जना थिए कि !”

“को रहेछन् ?” वीर बहादुरले आफैसँग सोध्नु भयो । त्यसै बेला मैले सोधेँ, “अरू साथीहरू खै त ?”

“खै कता जानु भो, जानु भो । तल चाँहि म र परमेश्वर छौँ । अरू अरू पनि यतै कतै जङ्गलमा हुनुपर्छ ।”

“यसरी राति हुँदो त्यहाँ को आएछ ?” फेरि वीरबहादुरले आफैँलाई सोध्नु भयो ।

“जो आए पनि पछि खोजौँला” मैले वीरबहादुरलाई रोक्दै भनेँ, “अहिले हामी साथीहरूको खोजीमा लागौँ । कुनै ठुलो दुर्घटना नघटेकाले हाम्रा साथीहरू पक्कै यतै हुनुपर्छ । जङ्गललाई घेरेर खोज्यौँ भने हामी साथीहरूलाई भेट्न सक्छौँ । परमेश्वरलाई यतै बोलाउँ हामी अलिक सजिलो तर गोप्य ठाउँमा एउटा जमघट थलो बनाउँ र साथीहरूलाई खोज्न थालौँ ।”

शेखर परमेश्वरलाई लिन तलतिर झर्नुभयो । त्यसै बेला वीरबहादुरले भन्नुभयो–“यहाँ माथि डाँडामा एउटा आहाल छ । जङ्गलको बिचमा छ तर नहराउने खालको छ । भूत लाग्छ भनेर त्यहाँ मान्छेहरू आवतजावत गर्दैनन् । त्यहाँ सुरक्षित ढङ्गले बस्न र साथीहरूको खोजीनीति गर्न सकिन्छ ।

भूमिगत जिन्दगीको थालनीमा भूतको चर्चा भएको त्यो पहिलो अवसर थियो । शायद एक खालको चिन्ताभित्र रूमल्लिन परेकाले होला वीरबहादुरले चर्चा गर्नुभएको भूतले मेरो मनलाई पटक्कै छोएन । दुई जना साथीको पत्तो लागिसकेकाले मेरो मन अलिकति भए पनि उज्यालो भएको थियो र म जूनलाई टिप्न सक्ने भइसकेको थिएँ । मैले वीरबहादुरको भूत भन्ने शब्दलाई वास्तै गरिनँ । त्यसैले परमेश्वर र शेखर फर्किनु भएपछि हामी चारै जना त्यो आहाललाई लक्ष्य बनाएर उकालो लाग्यौँ ।

हाम्रो यात्राको गति र तरिका भने पहिलेकै जस्तो थियो । हामी अलिकति बाटो हिँडेपछि अथवा ढिस्को वा एउटा कुइनेटो काटेपछि एकै ठाउँमा गुजुमुज्ज परेर उभिन्थ्यौँ र ट्यार्र–ट्यार्र गरेर सङ्केत दिन्थ्यौँ ।

“ट्यार्र–ट्याई, ट्वाक–ट्वाक ।” हाम्रो सङ्केतले अर्को एउटा प्रत्युत्तर पायो । हामी फुरुङ्ग पर्‍यौँ । मध्यतिर ढल्किसकेको त्यो रातमा हामी आफूलाई एकदमै सुरक्षित र निरापद महसुस गर्न थालिसकेका थियौँ । त्यसैले दोस्रो  सङ्केत नै नगरी मैले भनेँ–“को हुनुहुन्छ ?” हामी चार जना छौँ, शेखर, परम, बन्धु र दिनेश । “बाहिर आउनोस् ।”

एकै चोटि चार ओटा आकृतिहरू एउटा सानो खोल्सी परेको जमिनबाट निस्कनु भयो । नजिकै आउन्जेल हामी ती छायाँतिर आँखा गाडी बसिरह्यौँ । हाम्रो मनमा कुनै डर थिएन । उत्सुकताले मात्र हामीलाई उचालेको थियो । आठको सङ्ख्या बनाउन आउने ती चार जना मित्रहरू को को थिए ?

त्यहाँ सीपी, अशोक, जीवन र नरेश हुनुहुँदोरहेछ । नजिक आउने बित्तिकै शेखर र परमेश्वरलाई हेर्दै सीपीले भन्नुभयो, “घटना सबै थाहा पाउनु भयो होइन ? कसरी कुरा खुलेछ ? ती आउने को हुन् ?”

“अहिले हामी एउटा भुताहा आहालतिर जाँदैछौँ । पहिले सबै त्यहीँ जम्मा होउँ । त्यसपछि सबै साथीको खोजी गरौँ अनि अरू काममा लाग्नुपर्ला ।” सीपीले बोलिसकेपछि वीरबहादुरले भन्नुभयो ।

हामी गुन गुन गफ गर्दै उकालो लाग्यौँ । अब हामीले सङ्केतलाई अलिक घटाएका थियौँ । आठै जनाको लस्कर पनि ठुलो भइसकेको थियो र त्यो लस्करले हामी सबैको आत्मविश्वासलाई बढाइ दिएको थियो । हाम्रो बोलीको स्वर पनि अलिक ठुलो भइसकेको थियो । नजिकै कोही साथी लुकेको भए त्यही स्वर सुनेर पनि उहाँ हामीलई भेट्न आउन सक्नुहुन्थ्यो ।

आहाल जूनको उज्यालोमा धमिलो भएर टल्किरहेको थियो । त्यो सानो थियो र चैते खडेरीले त्यसलाई झण्डै झण्डै सुकाइसकेको थियो । आहालको एउटा किनारामा उभिएर हामीले एक दुई जना त्यहीँ बस्ने र अरूहरू साथीलाई खोज्न जाने निर्णय गर्‍यौँ ।

बिहान रिमरिमको खोजीसम्ममा हर्क खड्का र माधव पौडेल बाहेक सबै साथीहरू भेला भइयो । पूर्वको आकाश रातोबाट पनि फेरिएर उज्यालो भइसकेको थियो । हामीले जङ्गलको पाटोलाई पनि पात गरेर छानेका थियौं तर अहँ दुई जनाको पत्तै लागेन ।

(क्रमशअर्को भाग २०८३ जेठ २३ गते मानव आवाज अनलाइनमा)

मुक्त आकाशको खोजी-३ शत्रुसँगको लुकामारी

मुक्त आकाशको खोजी-२ मुक्त आकाशमुनि !

मुक्त आकाशको खोजी-१ मुक्ति प्रयास

मुक्त आकाशको खोजीमा प्रदिप नेपाल

The post शत्रुसँगको लुकामारी-२ ! appeared first on मानव आवाज.

]]>