मानव आवाज

२०८३ जेष्ठ १९ गते
00: 00: 00
२०८३ जेष्ठ १९ गते

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

पोखरा । गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत गरिएको छ ।

प्रदेश प्रमुख डिल्लीराज भट्ट ले प्रदेशसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

प्रदेशसभा सचिवालयका अनुसार अपराह्न ४ बजे बसेको प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो ।

संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारले आगामी असार १ गते बजेट ल्याउनुपर्ने भएकाले त्यसअघि नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो ।

नीति तथा कार्यक्रममा प्रदेशको आर्थिक विकास, उत्पादन तथा उत्पादकत्व वृद्धि, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास, शिक्षा तथा स्वास्थ्य सेवाको सुदृढीकरण, उद्यमशीलता विकास र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखिएको जनाइएको छ ।

साथै सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार तथा डिजिटल प्रणालीको विस्तारलाई पनि विशेष महत्व दिइएको छ ।

नीति तथा कार्यक्रममाथि प्रदेशसभामा छलफल हुने र सदस्यहरूले दिएका सुझावका आधारमा आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया अगाडि बढाइने प्रदेश सरकारको तयारी रहेको छ ।

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन जेठ ११ गतेदेखि सुरु भएको थियो । अधिवेशनअन्तर्गत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि समेत छलफल भइसकेको छ ।

Author

Share the News

Recent News

Related News