मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

बुद्ध विशाल बजार व्यापारिक एशोसिएसनको उपाध्यक्षमा पौडेल चयन

पोखरा । बुद्ध विशाल बजार व्यापारिक एशोसिएसनको १४ औँ अधिवेशनबाट उपाध्यक्ष पदमा मनोहरि पौडेल चयन हुनु भएको छ ।

उपाध्यक्षका उम्मेदवार भनिएका राजु केसीको उम्मेदवारी एशोसिएसनको विधानअनुसार नपुगेको ठहर गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीको निर्णय, टिप्पणी तथा आदेशअनुसार खारेज भएपछि एशोसिएसनको विधान २०५६ को धारा ३१ बमोजिम पौडेललाई उपाध्यक्ष पदमा चयन गरिएको एशोसिएसनका अध्यक्ष बुद्धिबहादुर कुँवरले जानकारी दिनु भयो ।

पौडेल यसअघि बुद्ध विशाल बजार व्यापारिक एशोसिएसनका प्रवक्ता समेत रहिसक्नु भएको छ । हाल उहाँ पोखरा उद्योग वाणिज्य सङ्घको कार्यसमिति सदस्यको रूपमा समेत कार्यरत हुनुहुन्छ ।

साथै पौडेल त्रिलोकेश्वर शिव मन्दिर पोखरा–२८ का अध्यक्ष, सुर्केमैदान सृजनशील क्लब कालिकाका संस्थापक अध्यक्ष, नेपाल पत्रकार महासङ्घ कास्कीका प्रदेश परिषद् सदस्य तथा नेपालय न्युज डटकमका सह–सम्पादक समेत रहनुभएको छ ।

उपाध्यक्ष पदमा चयन भएपछि पौडेलले आफू सधैं नियम र कानुनको पालना गर्ने व्यक्ति भएको बताउँदै एशोसिएसनको निर्वाचन प्रक्रियामा निर्वाचन समिति संयोजकबाट आफूलाई पूर्वाग्रहपूर्ण व्यवहार गरिएको भए पनि विधानअनुसार जिल्ला प्रशासन कार्यालय कास्कीले न्याय दिएकोमा आभार व्यक्त गर्नु भयो ।

साथै, उपाध्यक्षको हैसियतमा रहँदा संस्थागत विकास र बुद्ध विशाल बजारका व्यवसायीहरूको हकहितका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

हालै सम्पन्न बुद्ध विशाल बजार व्यापारिक एशोसिएसनको २७ औँ वार्षिक साधारणसभा तथा १४ औँ अधिवेशनले अध्यक्षमा बुद्धिबहादुर कुँवर, महासचिवमा थमनसिंह गुरुङ, सचिवमा शान्ति श्रेष्ठ, कोषाध्यक्षमा गोविन्द दाहाल चयन गरेको छ ।

त्यसैगरी सदस्यहरूमा कृष्ण कुँवर, अनु थापा, शम्भु खत्री, सञ्जय श्रेष्ठ, प्रकाश पौडेल, दिनेश गुरुङ, इन्द्रमाया गुरुङ र लक्ष्मण आचार्य निर्वाचित हुनु भएको छ ।

Author

Related News