मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

प्रदेश प्रमुखसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष निर्वाचन आयोगको १९ औँ वार्षिक प्रतिवेदन एक विशेष समारोहबिच पेश गरिएको छ ।

प्रदेश निर्वाचन कार्यालय, पोखराका निर्वाचन अधिकारी नारायण ढकालले २०८२ मङ्सिर २५ गते प्रदेश प्रमुख भट्टलाई आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गर्नु भएको हो । संविधानको धारा २९४ को उपधारा (३) बमोजिम प्रतिवेदन पेश गरिएको उहाँले बताउनु भयो ।

प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख भट्टले आगामी निर्वाचनका तयारीलाई द्रुत गतिमा अघि बढाइरहेको निर्वाचन आयोगप्रति विश्वास व्यक्त गर्दै, आवश्यक सबै प्रक्रिया समयमै सम्पन्न हुने अपेक्षा राख्नु भयो ।

प्रदेश निर्वाचन अधिकारी ढकालका अनुसार २०८२ फागुन २१ गतेका लागि तोकिएको निर्वाचनलाई लक्षित गर्दै आयोग तीव्र तयारीमा जुटेको छ ।


उहाँले निर्वाचन कार्यक्रम सार्वजनिक भइसकेको र हाल मतदाता नामावली अद्यावधिक कार्य चलिरहेको बताउनु भयो । साथै आयोगले एकै चरणमा निर्वाचन सम्पन्न गर्ने तयारी गरेको जानकारी दिनु भयो ।

ढकालका अनुसार गण्डकी प्रदेशका ११ जिल्लामा कूल मतदाता सङ्ख्या १६ लाख ६२ हजार २ सय ४६ पुगेको छ ।

Author

Related News