मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

पोखरामा ‘सेफबक्स नेटवर्क’ सम्बन्धी दुई दिने कार्यशाला सम्पन्न

पोखरा । मिडिया एक्सन नेपाल र फरबिडेन स्टोरीजको आयोजनामा पत्रकार सुरक्षा विषयक ‘सेफबक्स नेटवर्क’ सम्बन्धी दुई दिने कार्यशाला गोष्ठी २०८२ मङ्सिर १८ गते र १९ गते पोखरामा सम्पन्न भएको छ ।

ग्लोबल फोरम फर मिडिया डेभलपमेन्टका उपाध्यक्ष एवम् मिडिया एक्सन नेपालका कार्यकारी निर्देशक लक्ष्मणदत्त पन्तले मिडिया विकास, प्रेस स्वतन्त्रता, पत्रकार सुरक्षा र सूचनाको विश्वसनीयतामाथि बढ्दो चुनौतीका बिच पत्रकार अझै सक्षम र सजग हुनुपर्ने बताउनु भयो ।

पन्तका अनुसार मानवअधिकार उल्लङ्घन, सुशासन, भ्रष्टाचार, भूमाफिया गतिविधि तथा वातावरणसम्बन्धी विषयमा समाचार लेख्दा अहिले पनि पत्रकारहरू जोखिममा रहेका छन् ।

उहाँले मिडियाकर्मीहरूले आफ्नो पेशागत दक्षता र प्रभावकारिता बढाउनुपर्ने आवश्यकतामा पनि जोड दिनु भयो ।

उहाँका अनुसार पछिल्लो १० वर्षमा विश्वभर ८ सय ५४ जना पत्रकारको हत्या भएको छ ।

दुई दिने कार्यशालामा सेफबक्स नेटवर्ककी एशिया संयोजक हेलेन गारिटा, परियोजना प्रबन्धक एलिसा किर्कल्याण्ड तथा मिडिया एक्सन नेपालका कार्यकारी निर्देशक लक्ष्मणदत्त पन्तले सहजीकरण गर्नुभएको थियो ।

कार्यशालामा सहभागी पत्रकारहरूले समूहगत अभ्यास, अनुभव आदानप्रदान तथा प्रयोगात्मक सत्रमार्फत पत्रकार सुरक्षा, सङ्कट व्यवस्थापन र सुरक्षित रिपोर्टिङका विधिबारे जानकारी हासिल गरेका थिए ।

कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा कार्यरत १८ जनाको सहभागिता रहेको थियो । हाल सेफबक्स नेटवर्कमा ३७ देशका ३ सय जनाभन्दा बढी पत्रकार आबद्ध रहेका छन् ।

Author

Related News