पोखरा । विभिन्न सामाजिक सङ्घसंस्थामा आवद्ध सामाजिक व्यक्तित्व गण्डकी प्रदेश प्याराग्लाइडिङ सङ्घका अध्यक्ष ५७ वर्षीय बसन्तराज दवाडीको हृदयघातका कारण २०८२ कात्तिक ३० गते राति निधन भएको छ । पर्यटन तथा नेपाली सहासिक खेलकुद विकासमा दवाडीले अग्रणी भुमिका खेल्दै आउनु भएको थियो ।
नेपाललाई प्याराग्लाइडिङ खेलकुदको माध्यमबाट पहिचान दिलाउन गठित नेपाल प्याराग्लाइडिङ सङ्घका संस्थापक तथा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्यका रूपमा चार वर्ष कार्यकाल पूरा गर्नु भएका दवाडी नेपाल हवाई खेलकुद संस्था (नां) का संस्थापक तथा ट्रेकिङ एजेन्सिज एशोसियसन अफ गण्डकी च्याप्टर (टान) का पूर्व अध्यक्ष हुनुहुन्थ्यो ।
दवाडीको सक्रियतामा माछापुच्छ्रे गाउँपालिकामा आमा प्रतिष्ठान नेपाल स्थापना भएको छ । दवाडीको निधनको खबरले हवाई खेलकुद संस्थासँग आबद्ध खेलाडीसँगै सामाजिक क्षेत्र स्तब्ध भएको छ ।