मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

अर्घाखाँची पोखरा सम्पर्क समाजद्वारा प्रहरी बिट पुनः निर्माण

पोखरा । अर्घाखाँची पोखरा सम्पर्क समाजले पोखरा महानगरपालिका-९ स्थित चिप्लेढुङ्गा विपिचोकमा रहेको र जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको प्रहरी विट अनुमानित १ लाख रुपियाँको लागतमा पुन: निर्माण गरेको छ ।  

एक औपचारिक कार्यक्रमका बिच जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवम् प्रहरी नायव उपरिक्षक हरिबहादुर बस्नेतलाई २०८२ कात्तिक २९ गते प्रहरी बिटको चावी हस्तान्तरण गरिएको छ ।

डिएसपी बस्नेतले प्रहरीलाई ढुङ्गामुढा, कार्यालय तोडफोड तथा आगजनी गर्ने मात्र नभएर प्रहरीलाई साथ दिने र सहयोग गर्ने पनि रहेको बताउँदै पुन: निर्माणमा सहयोग गरेकोमा समाज प्रति कृतज्ञता सहित  धन्यवाद व्यक्त गर्नु भयो । 

समाजका पूर्व अध्यक्ष तथा सल्लाहकार  कृष्णप्रसाद पाण्डेले अर्घाखाँची जिल्लादेखि बसाइँसराई, व्यवसायिक र रोजगारीको सिलसिलामा पोखरा आएका व्यक्तिहरूलाई गोलबन्द गर्ने उद्देश्यले २०६३ सालदेखि विधिवत रुपमा दर्ता भइ सुरू भएको अर्घाखाँची पोखरा सम्पर्क समाजले हाल सम्म धेरै समाजिक कार्यहरू गर्दै आएको बताउनु भयो ।

समाजका सल्लाहकार गुणानिधि पाण्डेले जेनजी आन्दोलनको दुई महिना बितिसक्दा पनि पोखराको मुख्यचोकमा रहेको प्रहरी बिट पुनः निर्माणमा ढिला भएको अवस्थामा समाजले पुन निर्माणमा गरेको प्रतिबद्धता अनुसार काम गर्न  सफल भएकोमा खुशी व्यक्त गर्नु भयो  । 

निवर्तमान अध्यक्ष दधिराम खनालले झट्ट हेर्दा सानो काम भएपनि समाजले बिगतमा जस्तै सामाजिक उत्तरदायित्व अन्तर्गत  पर्ने विभिन्न कार्य गर्दै आएको बेला यसपालि प्रहरी बिट पुनःनिर्माण गरेको बताउनु भयो ।

समाजका अध्यक्ष रामप्रसाद पौडेलले प्रहरी मेरो साथी भन्ने शब्दलाई मध्यनजर गरी अहिलेको आवश्यकता पुनः निर्माण भन्ने उदेश्यसँगै यस्ता कार्यक्रमले प्रहरीको मनोवल बढाउन समेत सहयोग पुग्ने बताउनु भयो ।

पुनः निर्माण कार्यक्रममा समाजका सल्लाहकार, पदाधिकारी तथा सदस्य प्रहरीहरूको उल्लेखनीय  उपस्थिति रहेको मिडिया सल्लाहकार रोहित बस्नेतले जानकारी दिनु भयो ।

समाजका प्रथम उपाध्यक्ष एवम् पुन: निर्माण कार्यक्रमका संयोजक ईन्द्रबहादुर कुँवरले स्वागत एवम् कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्नु भएको थियो भने महासचिव कृष्ण रानाभाटले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

Author

Related News