मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

सेवाकालीन तालिमबाट ३० जना अधिकृत लाभान्वित

पोखरा । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानद्वारा सञ्चालित अधिकृतस्तर (सातौँ र आठौँ तह) का कर्मचारीका लागि ३० कार्य दिने सेवाकालीन तालिम २०८२ कात्तिक १६ गते एक औपचारिक समारोहका बिच सम्पन्न भएको छ ।

प्रतिष्ठानका निर्देशक लक्ष्मण तिमिल्सिनाका अनुसार तालिममा प्रदेश तथा स्थानीय तहमा कार्यरत ३० जना अधिकृत स्तरका कर्मचारी सहभागी भएका थिए ।

समापन समारोहमा गण्डकी प्रदेश सरकारका प्रमुख सचिव डण्डुराज घिमिरेले तालिमबाट प्राप्त ज्ञान र सीपलाई सेवाप्रवाहमा रूपान्तरण गर्न सके मात्र यसको वास्तविक सार्थकता देखिने बताउनु भयो ।

उहाँले तालिमको प्रभावकारिता सहभागी कर्मचारीको व्यवहारमा देखिने सुधारसँग जोडिने उल्लेख गर्दै असहज परिस्थितिमा पनि तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद व्यक्त गर्नु भयो ।

गण्डकी प्रदेश निजामती सेवा ऐन र नियमावलीअनुसार कर्मचारीको क्षमता अभिवृद्धिका लागि हरेक तीन वर्षमा कम्तीमा पाँच दिन वा सोभन्दा बढी अवधिको क्षमता विकास तालिम अनिवार्य गरिएको छ ।

यसले प्रदेश सरकार कर्मचारीको निरन्तर पेशागत विकासप्रति प्रतिबद्ध रहेको स्पष्ट गर्छ । १ सय २० सत्रमा सम्पन्न उक्त तालिममा ४६ जना प्रशिक्षकले सहजीकरण गरेका थिए ।

तालिमको व्यवस्थापन तथा संयोजनको जिम्मेवारी प्रतिष्ठानका उपसचिव प्रभाकर घिमिरे र प्रशिक्षण तथा अनुसन्धान अधिकृत इन्जिनियर मनोज पौडेलले निर्वाह गर्नुभएको थियो भने प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्रबाबु तिवारीको अध्यक्षतामा कार्यक्रम गरिएको थियो ।

Author

Related News