मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

पोखरा-७ मा बाल क्लबको पुनर्गठन कार्यक्रम सम्पन्न

पोखरा । चिल्ड्रेन नेपालको आयोजनामा बालबालिकाको अधिकार, कर्तव्य र जिम्मेवारीबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ बाल क्लब पुनर्गठन तथा बालप्रतिभा विकास कार्यक्रम पोखरा महानगरपालिका-७ स्थित संस्थाको सभाकक्षमा सम्पन्न भएको छ ।

कार्यक्रम अन्तर्गत २०८२ कात्तिक १५ गते चित्रकला प्रतियोगिता आयोजना गरिएको थियो, जसमा सहभागी बालबालिकाहरूले आफ्नो सिर्जनात्मक कला प्रदर्शन गरेका थिए ।

कार्यक्रमकै अवसरमा सिमरन परियारको अध्यक्षतामा ११ सदस्यीय नयाँ बाल क्लब गठन गरिएको छ ।

क्लबको उपाध्यक्षमा प्रिन्स सुनार, सचिवमा क्यारिश्का नेपाली, सहसचिवमा दुर्गा सुनार र कोषाध्यक्षमा कबिना अछामी चयन हुनु भएको छ ।

सदस्यहरूमा कविता रसाइली, अनिशा नेपाली, सबिना बिक, रेखा परियार, अलिशा परियार र दीपा सुमार रहनु भएको छ ।

पुनर्गठित समितिलाई चिल्ड्रेन नेपालका निमित्त कार्यकारी निर्देशक शिव शर्मा चापागाईंले अबिर लगाएर बधाई तथा शुभकामना व्यक्त गर्नु भयो ।

उहाँले बाल क्लबको आवश्यकता र बालबालिकाको सहभागिताको महत्वबारे सहभागीलाई जानकारी दिनुहुँदै, सिकाइलाई जीवनमा प्रयोग गर्न सुझाव दिनु भयो ।

कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक रमेशप्रसाद सुवेदी र सुपरभाइजर महेन्द्र पौडेलले गर्नुभएको थियो ।

कार्यक्रममा जनप्रिय, बाराही, श्रीकृष्ण माध्यमिक तथा धर्मस्थली आधारभूत विद्यालयका ४३ जना बालबालिकाको उत्साहपूर्ण सहभागिता रहेको थियो ।

सहभागी करिना परियारले कार्यक्रम अत्यन्तै उपयोगी र प्रेरणादायी रहेको बताउँदै, बाल नेतृत्व विकास र अधिकारबारे चेतना जगाउने कार्यका लागि आयोजक संस्थाप्रति आभार व्यक्त गर्नु भयो ।

Author

Related News