मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

घरमा तुलसी विवाह गरी हरिबोधिनी एकादशी पर्व मनाइयो

पोखरा हरिबोधिनी एकादशीका अवसरमा कास्की जिल्लाको पोखरा महानगरपालिका-९ स्थित रामघाटमा विशेष मेला लागेको छ ।

यस अवसरमा पोखराका विभिन्न स्थानबाट भक्तजनहरू बाजागाजा सहित रथमा विष्णुको प्रतीक स्वरूप फूलमालाले सजाइएका डोली लिएर रामघाट पुगेका थिए ।

सेती नदी किनारमा स्नान गरी पूजाअर्चना गर्ने परम्परा रहँदै आएको छ । ठूलो एकादशी अर्थात हरिबोधिनी एकादशीका दिन घरघरमा रोपिएको तुलसीको विशेष पूजा गरिन्छ ।

तुलसीको मठलाई गाईको गोबर र रातो माटोले पोतेर, फूलमाला र दीपले सजाइन्छ र त्यसको विवाह विधिपूर्वक सम्पन्न गरिन्छ ।

तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालो वा बाँसको लिङ्गो गाडी फूलमालाले सजावट गरी पूजा गर्ने चलन छ ।

धार्मिक विश्वासअनुसार तुलसीको मठ भएको घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले वातावरण पवित्र बनाउने र तुलसी पूजा गरिएको घरमा यमदूत प्रवेश नगर्ने जनविश्वास छ ।

वैज्ञानिक दृष्टिले पनि तुलसी लाभदायक मानिन्छ । यसको पात, डाँठ वा फूलको रस रुघाखोकी, औलो लगायतका रोगहरूमा औषधि रूपमा प्रयोग गरिन्छ । तुलसीको चियाले शरीरको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने प्रमाण पाइन्छ ।

यस दिन अन्न सेवन नगरी सखरखण्ड, पिँडालु, वनतरुल आदि फलाहार गरेर व्रत बस्ने परम्परा रहिआएको छ ।

पोखरा महानगरपालिका-१७ बेलघारी निवासी ज्योतिष पण्डित हरिप्रसाद पौडेलका अनुसार,
एकादशी ब्रतले सबै पापहरू नाश गर्छ ।

प्रत्येक महिनाको दुबै पक्षमा एकएक गरी दुई ओटा एकादशी पर्दछन् । जसले एकादशीमा व्रत गरी उपासना गर्छ वा भोकै बस्छ, उसका अघिल्ला जन्मका पापहरू पनि नाश हुन्छन् भन्ने किम्बदन्ति रहेको छ ।

Author

Related News