मुस्ताङ । जलवायु परिवर्तनका कारण तलबितल भएको मौसमका कारण हिमाली जिल्ला मुस्ताङमा यस वर्ष २०८२ कात्तिक १० गतेबाट हिउँ परेको छ ।
गए रातिदेखि परेको हिउँ निरन्तर परिरहेको छ । प्रायजसो मङ्सिर महिनाको अन्त्यतिर पर्नुपर्ने हिउँ कात्तिकमा नै परेको स्थानीयले बताएका छन् ।
उनीहरूका अनुसार मुस्ताङवासीले केही वर्षयता भारी मात्राको हिमपात देख्न पाएका थिएनन् ।
हिमपातका कारण यहाँको कृषि, पर्यटन र जैविक विविधतामा सकारात्मकता प्रवाह भएको छ ।
मुक्तिनाथ र उपल्लो मुस्ताङको घमीदेखि माथि बस्ती तथा उच्चलेकमा हिमपात भइरहेको छ ।
हिमपातका कारण पदयात्री तथा पर्यटक, स्थानीय व्यापारी व्यवसायीदेखि किसानसमेत उत्साहित भएका छन् । फोटोः उद्धव शर्मा/मुस्ताङ








