मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

लायन्स क्लब आदर्श चौतारीद्वारा ६६ युनिट रगत सङ्कलन

पोखरा । लायन्स क्लब अफ पोखरा आदर्श चौतारीको आयोजना तथा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र पोखराको प्राविधिक सहयोगमा खुला रक्तदान कार्यक्रममा ६६ युनिट रगत सङ्कलन भएको छ ।

चाडपर्व र बिदाका कारण गण्डकी प्रदेशको राजधानी पोखरामा रगतको आपूर्ति घटेको अवस्थालाई मध्यनजर गर्दै महेन्द्रपुलस्थित टेलिकम अगाडि २०८२ कात्तिक १० गते रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि पीडिजी लायन राम बसेलले पहिलो रक्तदाता क्लबका पूर्व अध्यक्ष लायन दयाशङ्कर गौतमलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

लायन बसेलले लायन्स क्लबका सदस्यहरू सधैँ अग्रपङ्क्तिमा रही सामाजिक सेवामा समर्पित रहेको उल्लेख गर्दै, रगतको अभावमा जीवन जोखिममा परेकालाई बचाउन यस्ता कार्यक्रमको ठूलो महत्व रहेको भनाइ राख्नु भयो ।

डिस्ट्रिक ब्लड डोनेशन कोअर्डिनेटर लायन दिलबहादुर थापाले चाडपर्व र आपतका बेला पनि लायन्सहरूले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएका भन्दै यस्तो अभियान उदाहरणीय रहेको बताउनु भयो ।

रक्तदाता बोलाउने तथा सहभागिता सुनिश्चितताका लागि योगदान ईन्द्रबहादुर थापा र पूर्व अध्यक्ष रुकबहादुर गुरुङले गर्नु भएको थियो।

संस्थापक अध्यक्ष वासुदेव कोइराला, निवर्तमान अध्यक्ष सूर्य पोखरेल, रक्तदानका अभियन्ता तथा क्षत्री समाज नेपालका महासचिव कृष्णबहादुर थापा, आरदायूका हरिश्चन्द्र शर्मा, पत्रकार श्याम कुँवर, राजाराम पौडेल, आरजू विष्ट सल्यानी, तीर्थ केसी, रेडक्रसकर्मी र लायन्स सदस्यहरू र पूर्व अध्यक्षहरूको उल्लेखनीय उपस्थिति तथा रक्तदानसहितको सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रम संयोजक तथा रक्तसञ्चार प्रादेशिक कार्यालयका प्रमुख अर्जुन ज्ञवालीले धन्यवाद ज्ञापन गर्दै सफल र अर्थपूर्ण रक्तदान रहेको बताउदै  यस अभियानमा सहभागी भई सहयोग पुर्‍याउनु हुने सम्पूर्ण रक्तदाताहरूलाई हृदयदेखि धन्यवाद कार्यक्रमको प्रचारप्रसारमा साथ र समर्थन दिनु भएका पत्रकार मित्रहरूलाई पनि हार्दिक आभार प्रकट गर्नु भयो ।

क्लबका अध्यक्ष लायन नारायणबहादुर थापाको अध्यक्षतामा र सचिव लायन दिपककुमार गुरुङको  सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Author

Related News