जनकपुरधाम । छठ पर्वको मुख्य दिन २०८२ कात्तिक १० गते साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइएको छ ।
छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिन्छ ।

ब्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिन्छन् ।
मुख्य रूपमा तराई क्षेत्रमा मनाइने छठ पर्व पछिल्ला वर्षहरूमा पहाडी र हिमाली क्षेत्रका मानिसहरूले पनि आस्थापूर्वक मनाउन थालेका छन्, जसले सामाजिक सद्भाव र एकताको सन्देश दिएको छ ।

तराईका जलजलाशय र नदीहरूमा भक्तजनले छठ पर्वको मुख्य दिन आज पुजास्थलमा अस्ताउँदो सूर्यलाई अर्घ दिइएको धनुषाबाट विनोदकुमार रविदासले जानकारी दिनु भएको छ ।

धार्मिक विश्वासअनुसार छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल प्राप्त हुने, परिवारमा सुख–समृद्धि आउने र दुःखकष्ट दूर हुने मान्यता छ । (फोटोः विनोदकुमार रविदास/धनुषा)