मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

नेपाल निजामती कर्मचारी युनियनद्वारा शुभकामना व्यक्त

पोखरा । नेपाल निजामती कर्मचारी युनियन, कास्कीले प्रकाशको पर्व तिहार तथा समृद्धिको प्रतीक शुभ दीपावली-२०८२ को अवसरमा सम्पूर्ण निजामती कर्मचारी, श्रमिक वर्ग, विभिन्न सङ्घसङ्गठनका सदस्यहरू तथा सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेको छ ।

कास्की जिल्ला अध्यक्ष केदार सापकोटाले भन्नु भयो-“यो पर्वले एकता, आपसी सद्भाव, पारिवारिक माया र उज्यालो सोच फैलाउने प्रेरणा प्रदान गरोस् ।”

उहाँले अन्धकारमाथि प्रकाश र निराशामाथि आशाको विजय सधैं रहोस् भन्ने पर्वको विशेषता कायमै रहनेमा विश्वास व्यक्त गर्नु भयो ।

सबैमा शान्ति, समृद्धि, सुस्वास्थ्य र उज्यालो भविष्यको कामना गर्दै युनियनले सम्पूर्णलाई शुभ तिहार तथा दीपावली-२०८२ को मङ्गलमय शुभकामना व्यक्त गरेको जनाएको छ ।

Author

Related News