मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

स्वास्थ्य सुदृढीकरणमा निरन्तर प्रयास: स्वास्थ्यमन्त्री पाठक

पोखरा । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले प्रदेशको स्वास्थ्य प्रणालीलाई सबल, प्रभावकारी र जनमुखी बनाउन निरन्तर प्रयास भइरहेको बताउनु भएको छ ।

उहाँले २०८२ असोज २९ गते पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य क्षेत्रको सुदृढीकरणका लागि गण्डकी सरकारले उल्लेखनीय प्रगति गरेको र आगामी दिनमा अझ सुदृढ बनाउने लक्ष्य रहेको बताउनु भयो ।

मन्त्री पाठकले गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गर्न लागेका नयाँ तथा प्रमुख कार्यक्रमहरूको संक्षिप्त विवरण प्रस्तुत गर्दै ती कार्यक्रमहरूको कार्यान्वयनका लागि आवश्यक बजेट, कार्यसञ्चालन निर्देशिका र मापदण्ड तयार भई मातहतका निकायहरूमा पठाइसकिएको जानकारी दिनु भयो ।

उहाँका अनुसार, यी कार्यक्रमहरूबारे सर्वसाधारण र सरोकारवाला पक्षलाई अवगत गराउन मन्त्रालयले पत्रकार सम्मेलनमार्फत संक्षिप्त विवरण सार्वजनिक गरेको हो ।

मन्त्री पाठकले यी कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनबाट गण्डकी प्रदेशको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।


उहाँले मातहतका निकायहरूलाई निर्धारित समयसीमाभित्र कार्यक्रम कार्यान्वयनमा तदारुकता अपनाउन निर्देशन दिँदै, कार्यान्वयनमा कुनै ढिलासुस्ती भएमा मन्त्रालय वा सचिवालयसँग सम्पर्क गर्न आग्रह गर्नु भयो ।

Author

Related News