ललितपुर । २०८२ असोज १७ र १८ गते परेको ठूलो वर्षापछिको विपद्जन्य घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या ५३ पुगेको छ । अरू सात जना सम्पर्क विहिन हुन पुगेका सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बाढी पहिरो र त्यसपछि भएको दुर्घटनामा कोशी प्रदेशमा मात्रै ४९ जनाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमध्ये ३७ जना इलामका छन् । यस्तै पाँचथरमा आठ जना, उदयपुरमा दुई जना र खोटाङका दुई जनाको ज्यान गएको छ ।
मधेश प्रदेशको रौतहटमा तीन जना र बागमती प्रदेशको काभ्रेपलाञ्चोकमा एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीका अनुसार बाढीपहिरोमा परेर रसुवामा चार जना, बारामा एक जना, इलाममा एक जना र काठमाण्डौमा एक जना सम्पर्क विहिन हुन पुगेका छन् ।