पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले यस वर्षको बडा दशैँ/विजया दशमी २०८२ को अवसरमा देश तथा विदेशमा रहेका नेपालीहरूलाई शुभकामना व्यक्त गर्नु भएको छ ।
शुभकामना सन्देशमार्फत उहाँले सबै नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्नु भएको छ ।
प्रदेश प्रमुख भट्टले महान् चाड दशैँलाई सामाजिक-सांस्कृतिक परम्परा, परस्पर सहिष्णुता र सद्भावलाई संरक्षण तथा प्रवर्धन गर्ने विशेष अवसरको रूपमा लिनुपर्ने उल्लेख गर्नु भएको छ ।
उहाँले दशैँजस्ता चाडले राष्ट्र पुनर्निर्माणमा नयाँ जोश र उत्साह जागृत गर्ने, सामाजिक एकता बढाउने तथा दीगो शान्ति, सुशासन र विकासलाई सबल बनाउन प्रेरणा दिने विश्वास व्यक्त गर्नु भएको छ ।
सन्देशमा नेपालीबिच आपसी प्रेम, देशभक्ति, करुणा र अहिंसाको भावना अझ मजबुत हुने अपेक्षा गरिएको छ ।
