पोखरा । पोखरा महानगरपालिका-७ वडा कार्यालयलाई प्राविधिक उपकरणसहितका सामग्री वडाअध्यक्ष राममोहन आचार्यले व्यक्तिगत पहलमा हस्तान्तरण गर्नु भएको छ ।
२०८२ असोज १० गते आयोजित कार्यक्रममा अध्यक्ष आचार्यले वडा सचिव राजेन्द्र पौडेललाई कम्प्युटर तीन थान, प्रिन्टर दुई थान, फोटोकपी मेसिन एक थान तथा स्टेशनरी सामग्री हस्तान्तरण गर्नु भयो ।
कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले निर्वाचनका बेला गरेका प्रतिबद्धता अनुसार आफ्नो सेवासुविधाबाट बचत भएको रकम प्रयोग गरी वर्तमान कठिन परिस्थितिमा सामाजिक उत्तरदायित्वअनुरूप योगदान गरेको बताउनु भयो ।
२०८२ भदौ २४ गते पोखरामा भएको जेनजी आन्दोलनका क्रममा वडा कार्यालयमा तोडफोड हुँदा कार्यालयका प्राविधिक उपकरणहरू क्षति भएका थिए । आगजनी हुनबाट कार्यालय जोगिए पनि अधिकांश उपकरण प्रयोगविहीन बनेका थिए ।
