मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

जिल्ला प्रशासन कार्यालयबाट थप सेवा सुरू

पोखरा । जिल्ला प्रशासन कार्यालय, कास्कीले तोडफोड, आगजनी र लुटपाटका कारण क्षतिग्रस्त कार्यालयमा आवश्यक मर्मतपछि थप सेवा सुचारु गर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले २०८२ असोज ७ गते जारी गरेको सूचना अनुसार भदौ २४ गतेको घटनापछि आंशिक रूपमा केही सेवा मात्र प्रदान गर्दै आएकोमा भदौ २९ गतेदेखि सुरु गरिएका सेवासँगै असोज ८ गतेदेखि नयाँ सेवा विस्तार गर्न लागेको जनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माका अनुसार थप सेवामा नयाँ नागरिकता वितरण, आगजनीपछिको प्रक्रियाअनुसार राहदानी विभागबाट कार्यालयमा प्राप्त भएका राहदानी वितरण (रजिस्टर्ड मोबाइल नम्बरमा ‘प्राप्त गरेका सेवाग्राहीका लागि) र भारतीय पेन्सन सिफारिस सेवा रहेका छन् ।

यसअघि सार्वजनिक गरिएको असोज २ गतेको सूचनाअनुसार इलाका प्रशासन कार्यालय, लेखनाथबाट राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा नियमित रूपमा सञ्चालन भइरहेको कार्यालयले जनाएको छ ।

प्रतिलिपि नागरिकता, गैरआवासीय नागरिकता, राहदानी फोटो खिच्ने, सङ्घसंस्था दर्ता, नाबालक परिचयपत्रलगायतका अन्य सेवा पनि चाँडै सुचारु गरिने पनि प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनु भयो ।

प्रशासनले नागरिकलाई सूचनाको पालना गर्न र तोकिएका सेवाका लागि मात्र कार्यालयमा सम्पर्क गर्न सूचना मार्फत आग्रह गरेको छ ।

Author

Related News