मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

विकल्प नेपालद्वारा सञ्चालित कार्यक्रमको समीक्षा

पोखरा । असोज ५ अर्थात सेप्टेम्बर २१ (अन्तर्राष्ट्रिय शान्ति दिवस)को सन्दर्भ पारेर “समावेशिता, न्याय र शान्तिको अभ्यास र प्रवर्धन गर्ने करुणामयी समाज” नारा सहित स्थापित सामाजिक संस्था वैकल्पिक सेवा सामुदायिक संस्था (विकल्प नेपाल) मालेपाटन, पोखरा महानगरपालिक-५ को आयोजनामा “हेरचाह गर्ने तरिकामा परिवर्तन” युवाका आवाज तथाकार्यक्रम समिक्षा विषयक अन्तरक्रिया कार्यक्रम २०८२ असोज ५ गते पोखरामा सम्पन्न भयो ।

कार्यक्रमका प्रमुख अतिथि  पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाकी प्रमुख निर्मला शर्माले संस्थाद्वारा युवा तथा बालबालिकाहरूको शिक्षा र स्वास्थ्य लगायतका क्षेत्रमा छोटो  समयमै उल्लेख काम गरेकोमा प्रशंसा गर्नु भयो ।

प्रमुख शर्माले सामाजिक सङ्घसंस्थासँग समन्वय र सहकार्य गर्न महानगरपालिका सकारात्मक रहेको बताउनु भयो ।

विकल्प नेपालका अध्यक्ष अच्युत पौडेलले वि.स. २०७९ सालमा स्थापित संस्थाको मुख्य उद्देश्यहरु बाल विच्छेदन, मानव बेचबिखन तथा ओसापसार र भेदभाव, बहिस्करणविरुद्ध अभियानहरु सञ्चालन गर्ने, विद्यालय र समुदायमा समावेशिता, न्याय र शान्तिको प्रवर्धन गर्ने रहेको बताउनु भयो ।

उहाँले वातावरण संरक्षण तथा यसको परिवर्तनले मानव जीवनमा परेको असुरक्षाबाट सुरक्षित हुने कार्यहरू गर्न समुदायलाई सहयोग गर्ने, मानव अधिकार र सामाजिक न्यायको प्रवद्र्धनक साथै अति विपन्न समुदायको सार्वजनिक सेवामा पहुँच बढाउन सचेतना अभिवृद्धि गर्ने, सम्बन्धित सरोकारवालाहरूसँग सहकार्य र समन्वय गर्दै आएको बताउनु भयो ।

कार्यक्रम गर्दाका मुख्य समस्या हेरचाह छोड्ने युवाहरु धेरै जोखिममा परेका समुदायमा घुलमिल हुन नसकेको अध्ययनहरु पाइएको पनि उहाँले बताउनु भयो ।

राष्ट्रिय बालअधिकार परिषदका समन्वय अधिकृत बद्री वाग्लेले कर्तव्य बिनाको अधिकारले अर्थ नराख्ने  भएकोले युवाका आवाजलाई अग्रजले सम्मान गर्न बिर्सन नहुने, अहिले पनि गण्डकी प्रदेशको परिवेशमा ४० हजार युवायुवतीहरू अभिभावकको पहुँचबाट बाहिर रहेको भनाइ राख्नु भयो ।

कार्यक्रममा विकल्प नेपालका सल्लाहकार तथा अधिकारकर्मी रामचन्द्र पौडेल, नगर युवा परिषद्  पोखरा महानगरपालिकाका कार्यकारी उपाध्यक्ष सन्तोष न्यौपाने, गैरसरकारी संस्था महासङ्घ, गण्डकी प्रदेशका अध्यक्ष पदमराज पहारी, बालगृह सञ्जाल कास्कीका उपाध्यक्ष प्रदीपभक्त आचार्यलगायतले आआफ्ना भनाइ राख्नु भएको थियो ।

कार्यक्रममा युवायुवतीहरूले बालगृहको संरक्षणबाट समुदायमा पुनःस्थापना हुने १८ वर्ष उमेर माथिका युवायुवतीलाई इच्छा अनुसारको सीप र रोजगारीको व्यवस्था गर्नु पर्नेमा जोड दिनु भएको थियो । उहाँहरूले आफ्नो जीवनभोगाइको कहानी, गीत र अपिलको माध्यमबाट आआफ्नो प्रस्तुती राख्नु भएको थियो ।

विकल्प नेपालका अध्यक्ष अच्युत पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत तथा कार्यक्रमको उ‌द्देश्यमाथि प्रकाश उपाध्यक्ष डा. प्रविन त्रिपाठीले र सञ्चालन विकल्प युवा समूहका सदस्यहरू सपना दर्जी र एलिसा पौडेलले गर्नु भएको थियो ।

Author

Related News