मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

प्रदेश प्रमुख भट्टद्वारा संविधान दिवसको शुभकामना

पोखरा । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को अवसरमा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले २०८२ असोज ३ गते प्रेस नोटमार्फत शुभकामना सन्देश प्रकट गर्नु भएको छ ।

प्रदेश प्रमुख भट्टले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई हार्दिक बधाई तथा शुभकामना दिँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि भएका आन्दोलनमा जीवन अर्पण गर्ने सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्नु भएको छ ।

साथै लोकतान्त्रिक प्रणालीको जग बसाल्न मार्गदर्शन गर्ने अग्रजप्रति सम्मान प्रकट गरेका छन् । उहाँले हालै नवयुवा पुस्ताले गरेको आन्दोलनका क्रममा शहादत प्राप्त गर्ने सहिदहरूलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

भट्टका अनुसार-“नेपाली जनताको दशकौं लामो सङ्घर्ष र बलिदानको परिणामस्वरूप वि.सं. २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको” स्मरण गर्दै संविधान दिवसलाई ऐतिहासिक उपलब्धिको प्रतीकका रूपमा मनाइँदै आएको हो ।

उहाँले हालै सम्पन्न आन्दोलनपश्चात् मुलुक शान्तिपूर्ण निकासको दिशामा अघि बढिरहेको उल्लेख गर्दै संविधान, सङ्घीय लोकतन्त्र र संसदीय प्रणालीलाई कायम राख्न सफल भएको बताउनु भयो ।

भट्टले आउँदो २०८२ फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नुपर्नेमा जोड दिँदै निर्वाचन नै मुलुकको स्थायी निकास भएकोले सबै पक्षलाई उपयुक्त वातावरण बनाउन विशेष आह्वान गरेका छन् ।

अन्त्यमा, संविधानको सफल कार्यान्वयनमार्फत राष्ट्रिय एकतालाई सुदृढ बनाउन, स्थायी शान्ति र समृद्धिको दिशातर्फ नेपाललाई उन्मुख गराउन तथा एकताबद्ध भई अगाडि बढ्न सबै नेपाली दाजुभाइ दिदीबहिनीलाई उहाँले आह्वान गर्नु भएको छ ।

Author

Related News