पोखरा । नागरिक समाज कास्कीले आफ्नो पन्ध्रौँ स्थापना दिवस सोमबार पोखरा–७ स्थित वाईचोकमा सम्पन्न गरेको छ ।
स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा मानवअधिकार, वातावरण, राष्ट्रिय हित, सीमा तथा सम्पदा संरक्षण लगायतका मुद्दामा समाजले निरन्तर आवाज उठाउँदै आएको जानकारी दिइयो ।
संस्थापक संयोजक रामबहादुर पौडेलका अनुसार समाजले नागरिक सरोकारका प्रश्नमा खबरदारी गर्दै सहजीकरण गर्ने भूमिकामा रहँदै आएको छ ।
संस्था २०६७ असोज २ गते तत्कालीन संस्थापक संयोजक रामबहादुर पौडेलको अध्यक्षतामा स्थापना भएको हो ।
कार्यक्रममा वर्तमान संयोजक नरेन्द्रमान लालचन, सह–संयोजक दुर्गाकुमारी शर्मा, प्रवक्ता गोकुलबहादुर कार्की, सह–प्रवक्ता सूर्यनाथ पहारी, अर्थ संयोजक अर्जुन भण्डारी, संस्थापक सदस्य शशी तुलाचन, पूर्व संयोजक विष्णहरि अधिकारी, सदस्यहरू शिवमाया श्रेष्ठ, शोभा श्रेष्ठ, रामकाजी श्रेष्ठ, कृष्णप्रसाद पाण्डे, शिवप्रसाद बास्तोला, हरिश्चन्द्र अधिकारीलगायतको उपस्थिति थियो ।
त्यसैगरी पोखरा महानगरपालिका–७ का वडा अध्यक्ष राममोहन आचार्य, नेपाल पत्रकार महासङ्घ गण्डकी अध्यक्ष रमेश पौडेल, महासङ्घ कास्की अध्यक्ष माधव बराल, स्वतन्त्र पत्रकार सङ्घ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोला, सामाजिक अभियन्ता सङ्गीता शर्मा र मानवअधिकार एलायन्स कास्कीका अध्यक्ष मधु पन्थीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
वक्ताहरूले हालको परिस्थितिमा नागरिकका अधिकार झन् कमजोर हुँदै गएको भन्दै मानवअधिकार संरक्षण र सामाजिक न्यायको क्षेत्रमा अझ तदारुकताका साथ काम गर्नुपर्नेमा जोड दिएका थिए ।