मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

तोडफोड र आगजनिले क्षतिग्रस्त कार्यालयहरू सरसफाई

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा  जेनजी आन्दोलनका क्रममा २०८२ भदौ २३ र २४ गते भएको तोडफोड र आगजनिले क्षतिग्रस्त भएको गण्डकी प्रदेश मुख्यमन्त्रीको कार्यालय, जिल्ला प्रशासन कायालय, कास्कीलगायत पोखरामा रहेका  सरकारी कार्यालयहरू महानगरपालिका वडा कार्यालयहरू  कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी,नेपाल प्रहरी र स्थानीय समुदायले २०८२ भदौ ३० गते सरसफाई गरेका छन् ।

योसँगै २०८२ असोज २ गते देखि कार्यालय सञ्चालन गरिने बताईएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आर्चायले बताउनु भयो ।

जेनजीको नाममा भएको प्रर्दशनमा निजी र सार्वजनिक सम्पत्तिमाथि  निशाना, तोडफोड र आगजनि पोखरा दिनभर तनावग्रस्त कार्यालयहरूको सूचीः

१.  पोखरा महानगरका मेयर धनराज आचार्यको निवास सहित पोखरा-६  स्थित इभेन्ट सेन्टर बुलौदीमा आगजनि

२. पोखरा-९ न्यूरोड स्थित भाटभटेनी सुपरमार्केट कर्मचारी भित्र  आगजनि र लुटपाट 

३. पृथ्वीचोकको सहित लखन थापाको शालिक तोडफोड

४. प्रदेश जलस्रोत मन्त्रालय 

५. जिल्ला प्रशासन कार्यालय, कास्कीमा आगजनि 

६. जिल्ला अदालत कास्की आगलागी

७. लोक सेवा आयोगको कार्यालय आगजनि

८. न्युरोडमा मन्त्री विन्दुकुमार थापाको घर सहित ३ घरमा आगजनि पोखरा ट्रेड महल वगैचा रिजोट समेत जले 

९. पोखरा महानगरपालिकाको  प्रशासनीक कार्यालयमा आगजनि

१०. प्रदेश सभा भवनमा  आगलागी

११. यातायात कार्यालय व्यवस्था कार्यालय पृथ्विचोकमा आगजनि

१२. विजयपुरमा यज्ञबहादुर थापाको  घरमा तोडफोड

१३. गण्डकी विश्व विद्यालय मुस्ताङचोकमा आगलागी

१४. शिक्षा विकास निर्देशनालय वगरमा आगजनि 

१५. एनसेलको कार्यालय सिर्जनाचोकमा तोडफोड

१६.प्रदेश प्रमुख तथा मुख्यमन्त्रीको कार्यालय र सरकारी निवासमा तोडफोड 

१७. इलाका (वडा) प्रहरी कार्यालय वगर र छोरेपाटन चौकी, प्रर्स्याङ ट्राफिक पोष्टमा आगजनि

१८. नेपाल रेडक्रस सोसाइटी उपशाखा १० लगायत वडा कार्यालय १० मा आगजनि 

१९. एमाले  जिल्ला पार्टी कार्यालय र प्रदेश कार्यालय तोडफोड 

२०. नेपाली काङ्ग्रेस तथा नेकपा माओवादी  दलका पार्टी कार्यालयहरू

२१. शिक्षा विकास तथा समन्वय समिति कास्कीमा आगजनि

२२. परीक्षा नियन्त्रण कार्यालयमा आगजनि 

२३.  पोखरा महानगर वडा कार्यालयहरू ३,५,८,१२,१३,१४,१७,२५ लगायतका धेरै जसो वडामा आगजनि

२४. विभिन्न प्रहरी चौकीमा आगजनि तथा तोडफोड 

२५. विभिन्न सरकारी, सडक, सङ्घीय खानेपानी, उच्च अदालत, जिल्ला अदालत, उच्च र जिल्ला सरकारी वकिल कार्यालय लगायत गैरसरकारी कार्यालयमा तोडफोड तथा आगजनि

२६. अख्तियार दुरुपयोग कार्यालय पोखरा मासवारमा आगजनि

२७. नापी कार्यालय कास्की आगजनि

२८. राजीब पहारी को घरमा आगजानी

२९. लेकसाइडका होटल एडमलगायत तीन ओटा ठुला रिसोर्टमा आगजनि 

३०.सामाजिक विकास तथा युवा खेलकुद

३१. पोखरा-७ राष्ट्र बैङ्कस्थित प्रदेश मन्त्री क्वाटर 

३२. जिल्ला कारागार कार्यालय  र सरकारी सवारी साधन र भौतिक संरचना क्षति ।

Author

Related News