मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

वनमा हुने अवैध गतिविधि रोक्न संयुक्त गस्ती

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा अवैध गतिविधि नियन्त्रण गर्न स्थानीय, नेपाली सेना र निकुञ्ज कर्मचारीले संयुक्त गस्ती थालेका छन् ।

बर्खा याम सुरु भएपछि चोरी–शिकार र अन्य गैरकानुनी क्रियाकलाप बढ्ने सम्भावना देखिएपछि विन्द्रापुरी सामुदायिक वनमा ‘चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान’का सदस्य, स्थानीय युवा, सेना र निकुञ्ज कर्मचारीले संयुक्त गस्ती गरिरहेका छन् ।

अभियानका सदस्य राम राज ढकालले संयुक्त गस्तीले वन्यजन्तु तथा जैविक विविधताको संरक्षणमा योगदान पुगेको बताए ।

अर्का सदस्य नारायण चौधरीले विन्द्रापुरीमा २० जनाको टोली बनाएर नियमित गस्ती भइरहेको उल्लेख गर्दै गैरकानुनी गतिविधि रोक्न आवश्यक भएको बताए । हाल करिब ३२ सय युवा सो अभियानमा संलग्न छन् ।

Author

Related News