मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

तीज गीतद्वारा देश र समाजको यर्थाथ  चित्रण प्रस्तुत

पोखरा  । शिक्षा स्वास्थ, आर्थिक कृषि, उध‍ोग,  उर्जा  र पर्यटनलाई जोड दिँदै अभियान सूचना केन्द्र स्याङ्जाको प्रस्तुति भन्न पाउँ नेपाली भाग-२ तीजगीत २०८२ सार्वजनिक भएको छ ।

यो वर्षको तीजलाई लक्षित गर्दै दोसो प्रस्तुति समाज रूपान्तरणलाई एकताबद्ध बनाई राख्ने  उदेश्यले  गीतमार्फत सचेतना अभिवृद्धिलाई जिवन्त राख्न खोजिएको शब्द सङ्कलक  तथा गायिका विद्या पराजुलीले बताउनु भयो ।

गीतद्वारा नकारात्मक भन्दा पनि  सकारात्मक  सचेतना दिन खोजिएको र प्राथमिकता दिइएको पराजुलीको भनाइ छ । 

‘व्यवस्था फेरियो अवस्थामा उस्तै भयो । हामी सबै सच्चिनलाई जरुरी नै भयो भन्ने  मार्मिक गीतमार्फत  समाज परिवर्तनका लागि भाग-२ बजार ल्याएका छौँ ।’-पराजुलीले भन्नु भयो ।

खेतबारी बाँझो छन्, गोठहरू रित्तिएका छन्, घर आँगनको  पर्खाल र छेउमा टोलाएर बसेका ज्येष्ठ नागरिकको आँखामा छोराछोरीको पर्खाइ रहेको कुरा गीतमा उतारिएको छ ।

शब्द सङ्कलन सामाजिक अभियान्ता विद्या पराजुली, बन्दना लम्साल तथा लय खेमकुमारी पराजुलीको रहेको छ ।

गीतमा स्वर गिरिधारी लम्साल, डिल्लीराम लम्साल अमित लम्साल, शर्मिला लम्साल र  विद्या पराजुलीको रहेको छ ।

गीतमा अभिनय गर्नु हुने कलाकारहरू विद्या पराजुली, अस्मिता लम्साल,  डा. अनुप लम्साल, अमित लम्साल हुनुहुन्छ ।

निर्देशक सामाजिक अभियान्ता विद्या पराजुली र गिरिधारी लम्सालले गर्नु भएको छ । यसअघि भन्न पाउँ  भाग-१  गीत सार्वजनिक भइ  चर्चित भइसकेको निर्देशक पराजुलीले  बताउनु भयो  ।

भाग-१ गीतलाई यहाँसम्म ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने र  विशेष सहयोगी मुक्तिनाथ विकास बैङ्क खुमा अर्याल फाउन्डेसन स्याङ्जा चिन्तामणी शर्मा तिमिल्सिना, गण्डकी टेक्निकल प्रा.लि रहेका छन् ।

विशेष आभार चरक मेमोरियल हस्पिटल प्रा.लि, नेशनल क्रियशन एकेडेमी नागढुङ्गा मुक्तिनाथ विकास विकास लिमिटेड, मुक्तिनाथ कृषि कम्पनी, जिल्ला प्रशासन कार्यालय कास्की, दुर्गा देवी मन्दिर, भरत राज ढकाल, ऋषिराम ढकाल, लेखनाथ शर्मा, दिपेश अर्याल, वविता पराजुली पौडेल आषिश लम्साल, अर्नब लम्साल, डा. सन्देश प्रकाश पराजुली एवम् पराजुली परिवार आषिश पौडेल, कमल रायमाझी निर्मल पौडेल रोशन अधिकारी दिपेश अर्याल, सम्झनामा अनिल शाही ठकुरीलगायत सम्पूर्ण शुभ चिन्तकहरूप्रति हार्दिक आभार व्यक्त गर्नु भएको छ ।

गीतमा सङ्गीत संयोजन एवम् भिडियोको निर्माण एरेन्ज दिलिप गायक, स्टुडियो अपोस्टल रेर्कडिङ स्टुडियो, छायाङ्कन विशाल परियार असल साथीले गर्नु भएको छ ।

Author

Related News