मानव आवाज

२०८२ फाल्गुन २६ गते
00: 00: 00
२०८२ फाल्गुन २६ गते

अर्घाखाँची पोखरा सम्पर्क समाजद्वारा तीज रमाइलो कार्यक्रम

पोखरा । अर्घाखाँची स्थायी घर भई पोखरालाई कर्मथलो बनाई विभिन्न पेशा व्यवसाय र अध्यानको सिलसिलामा बसोबास गर्ने अर्घाखाँचीवासीहरूको साझा सामाजिक संस्था अर्घाखाँची पोखरा सम्पर्क समाज पोखराले नेपाली महिलाहरूको पर्व हरितालिका तीजको अवसरमा दर खुवाउने तथा रमाइलो तीज कार्यक्रम २०८२ साउन ३० गते पोखरामा भएको छ ।

प्रमुख आतिथि नीति तथा योजना आयोग गण्डकी प्रदेशका उपसचिव अर्घाखाँचीका निवास गिता घिमिरेले विवाह गरी पतिका घर गएका छोरीचेलीलाई तीजमा माइत ल्याउने र मिठा मिठा परिकार खुवाउने चलन छ आज आफूलाई माइत आएको जस्तो अनुभव भएको बताउनु भयो ।

घिमिरेलेका अनुसार अर्घाखाँचीका सम्पूर्ण चेलीहरूलाई शुभकामना दिँदै नीति तथा योजना आयोग गण्डकी प्रदेशमा महिला दिदी बहिनीका केही कार्यक्रम आएमा सहयोग गर्न आफू तयार भएको बताउनु भयो ।

अर्घाखाँची पोखरा समाजका पूर्वअध्यक्ष तथा सल्लाहकार कृष्ण प्रसाद पाण्डेले आफू सानो हुँदा अर्घाखाँचीका विभिन्न ठाउँमा तीज विशेष कार्यक्रम हुँदाको स्मरण गर्दै पोखरा रहेर पनि अर्घाखाँची जिल्लामा हुने तीजको झल्को मेट्ने र माइती घर जान नसकेका चेलीहरूलाई यो कार्यक्रमले माइतीघर न्यास्रो मिटाउन सक्ने बताउनु भयो ।

समाजका निवर्तमान अध्यक्ष दधिराम खनालले समाजको बारेमा प्रकाश पार्दै तीजको शुभकामना दिए । सम्पूर्ण महिलाहरुको तर्फबाट समाजका सचेतक सीता सुनारले अर्घाखाँचीको भाका र लयमा गित गाएर रमाइलो तरिकाले शुभकामना दिनु भयो ।

समाजका अध्यक्ष रामप्रसाद पौडेलले समाजले आयोजना गरको कार्यक्रममा सम्पूर्ण अर्घाखाँची जिल्लाका चेलिहरुलाई आफ्नै माइतीको आगन सम्झेर रमाईलो गरी तीज मनाउन आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा समाजका बरिष्ठ उपाध्यक्ष बाबुलाल पाण्डे र समाजमा महासचिव कृष्ण रानाभाट र कार्यक्रम संयोजक रामप्रसाद पाण्डे लगायतले शुभकामनासहित आआफ्नो भनाइ राख्नु भएको थियो ।

Author

Related News