मानव आवाज

२०८३ कात्तिक १३ गते
00: 00: 00
२०८३ कात्तिक १३ गते

रोनाल्डोद्वारा १५ मिनेट भित्र ह्याट्रिक गोल, गोल सङ्ख्या ९८५ पुग्यो

काठमाडौँ । रियादको अल अव्वल पार्कमा २०८३ कात्तिक १२ गते राति भएको खेलमा अल नासरले अल खुलुदलाई ५-३ गोलले हराउँदा अल नासरका लागि क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गर्नुभएको छ ।

रोनाल्डोले खेलको ६६औँ, ७२औँ र ८१औँ गरी १५ मिनेटभित्र ३ गोल गर्नुभएको हो । यस्तै एन्जेलो गाब्रियल र साडियो मानेले १/१ गोल गर्नुभयो ।

योसँगै साउदी प्रो लिगमा अल नासरले लगातार चौथो जीत हासिल गरेको छ । अल खुलुदका जुलियन डोमिन्गुएसले २ र एन्टोइन एसोम्बाले १ गोल गर्नुभयो ।

यो जीतसँगै अल नासर ११ खेलमा २८ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । अल खुलुद लगातार पाँचौँ हार बेहोर्दै ११ खेलमा १२ अङ्कसहित १०औँ स्थानमा छ ।

आफ्नो करियरमा कीर्तिमानी १ हजार गोलको खोजीमा रहनुभएका ४१ वर्षीय फुटबलर रोनाल्डोको गोल सङ्ख्या ९ सय ८५ पुगेको छ ।

Author

समाचार साझा गर्नुहोस्

सम्बन्धित समाचार