काठमाडौँ । नेपाली क्रिकेटको ठुलो खेल नेपाल प्रिमियर लिग (एनपीएल) २०८३ कात्तिक ९ गतेदेखि सञ्चालन हुने भएको छ ।
प्रतियोगिताको सबै तयारी पूरा भइसकेको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जानकारी दिएको छ ।
एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा कात्तिक ९ गते साँझ ५ बजे लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबिच कीर्तिपुर मैदानमा प्रतिस्पर्धा हुने पनि क्यानले जनाएको छ ।