मानव आवाज

२०८३ भदौ २३ गते
00: 00: 00
२०८३ भदौ २३ गते

७२ वर्षे इतिहासमा पहिलोपटक महिला अध्यक्ष (कसले कति मत पाए मतसहित)

पोखरा । पोखरा उद्योग वाणिज्य सङ्घको ७२ वर्षे इतिहासमा पहिलोपटक महिला अध्यक्ष निर्वाचित हुनुभएको छ ।

२०८३ भदौ २२ गते सार्वजनिक निर्वाचन परिणामअनुसार शोभा गौतम ७५१ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी अर्जुन पोखरेलले ६३७ मत प्राप्त गर्नुभयो । अरू दुई प्रतिस्पर्धी उत्तममान बुद्धाचार्यले ६०१ मत र बलराम आचार्यले २५३ मत प्राप्त गर्नुभयो ।

वरिष्ठ उपाध्यक्षमा दिनेशचन्द्र बास्तोला १ हजार ४ सय ८१ मत प्राप्त गर्दै निर्वाचित हुनुभयो भने उहाँका प्रतिस्पर्धी टीकाराम सुवेदीले ७ सय ६० मत प्राप्त गर्नुभयो ।

त्यसैगरी महासचिवमा सुदीप प्रधानाङ्ग १ हजार २ सय २ मतसहित निर्वाचित हुनुभयो । उहाँका प्रतिस्पर्धी तारानाथ ढुङ्गानाले १ हजार ४२ मत प्राप्त गर्नुभयो ।

उद्योगतर्फको उपाध्यक्षमा सौगात थापा १ हजार २ सय ७१ मतसहित विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी ललितबहादुर कुँवरले ९ सय ७३ मत प्राप्त गर्नुभयो ।

वाणिज्यतर्फको उपाध्यक्षमा मनोजकुमार श्रेष्ठ १ हजार ६५ मतसहित निर्वाचित हुनुभयो भने उहाँका प्रतिस्पर्धी भीम गौतमले ९ सय १९ मत पाउनुभयो ।

कोषाध्यक्षमा देवेन्द्र प्रजु १ हजार ४ सय ३९ मतसहित विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी जीवनप्रकाश श्रेष्ठले ७ सय ७७ मत प्राप्त गर्नुभयो ।

उपमहासचिवमा प्रदीप राजभण्डारी १ हजार १ सय ५३ मतसहित निर्वाचित हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी यादवप्रसाद पोखरेलले ६ सय ५८ र अर्का प्रतिस्पर्धी रामचन्द्र तिमिल्सिनाले ४ सय ३३ मत प्राप्त गर्नुभयो ।

खुला सदस्यतर्फ १० पदका लागि १३ जनाबिच प्रतिस्पर्धा भएको थियो । सर्वाधिक मत प्राप्त गर्दै दुर्गा बराल १ हजार ७ सय ४८ मतसहित निर्वाचित हुनुभयो ।

अमृत पोखरेलले १ हजार ७ सय ३१, निर्मला चापागाईंले १ हजार ५ सय ८०, गोविन्दबहादुर केसीले १ हजार ४ सय ८७, रामेश्वर अधिकारीले १ हजार ४ सय ७७, मनोहरी पौडेलले १ हजार ४ सय ७६, भानुभक्त अधिकारीले १ हजार ४ सय ७६, दिलीपकुमार श्रेष्ठले १ हजार ४ सय ४७, रामप्रसाद कँडेलले १ हजार ४ सय ३५ र कमलबहादुर सुनारले १ हजार ४ सय २४ मत प्राप्त गर्दै निर्वाचित हुनुभयो ।

निर्वाचनमा उम्मेदवारी दिनुभएका नवीन नापित र हरिप्रसाद अधिकारीले समान १ हजार ३ सय ४३ मत प्राप्त गर्नुभयो भने सूर्यराज घिमिरेले १ हजार ३ सय ३ मत प्राप्त गर्नुभयो ।

सङ्घको निर्वाचनमा अध्यक्ष पदमा महिला नेतृत्व स्थापित भएसँगै पोखरा उद्योग वाणिज्य सङ्घको नेतृत्व इतिहासमा नयाँ अध्याय थपिएको छ ।

Author

सम्बन्धित समाचार