मानव आवाज

२०८३ असार ११ गते
00: 00: 00
२०८३ असार ११ गते

महिलालाई साइबर सचेतना तथा मनोसामाजिक स्वास्थ्यसम्बन्धी तालिम

पोखरा सिकेका ज्ञान तथा सीपलाई व्यवहारिक जीवनमा लागू गर्दै समुदायस्तरमा सचेतना अभिवृद्धि गर्नु मानवीय जीवनका लागि महत्वपूर्ण रहेको वक्ताहरूले बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका-८ का वडाध्यक्ष रुद्रनाथ बरालले पछिल्लो समय सहरी क्षेत्रमा साइबर अपराधका घटनामा वृद्धि भइरहेको उल्लेख गर्दै यस्ता तालिमले समुदाय र घरपरिवारलाई सचेत बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

उहाँका अनुसार मोबाइल फोनको असावधानीपूर्ण प्रयोगका कारण आर्थिक क्षतिदेखि मानसिक तनावसम्मका समस्या देखिन थालेका छन् ।

विशेषगरी टिकटकलगायत सामाजिक सञ्जालको अत्यधिक प्रयोगले मानसिक स्वास्थ्यमा समेत नकारात्मक असर पारिरहेको उहाँले बताउनुभयो ।

उहाँले साइबर अपराधका विभिन्न स्वरूप, सामाजिक सञ्जालमार्फत हुने दुरुपयोग, ह्याकिङ, फेक प्रोफाइल, अनलाइन धम्की, फोटोको दुरुपयोग तथा महिलामाथि लक्षित साइबर अपराधका घटनाबारे जानकारी दिँदै यस्ता विषयमा सचेतना अभिवृद्धिका लागि तालिम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा वडा नं. ८ का वडा सदस्य लक्ष्मी विक तथा सामुदायिक प्रहरी बगरका अध्यक्ष रामप्रसाद अधिकारीले तालिमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । साथै साइबर अपराधका मनोवैज्ञानिक तथा सामाजिक असरबारे पनि जानकारी गराइएको थियो ।

तालिममा वडा प्रहरी कार्यालय बगरका वरिष्ठ प्रहरी नायब निरीक्षक राजचन्द्र केसीले मनोसामाजिक स्वास्थ्य, साइबर अपराध तथा कानुनी परामर्शसम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो ।

उहाँले साइबर अपराधका विभिन्न प्रकार, डिजिटल सुरक्षाका उपाय, नेपालको विद्युतीय कारोबार ऐन तथा कानुनी उपचारका प्रक्रिया, साथै साइबर दुर्व्यवहारको शिकार भएमा कहाँ र कसरी उजुरी दिने भन्ने विषयमा प्रस्तुति दिनुभएको थियो ।

मानव अधिकारका लागि दलित महिला सशक्तिकरण नेपालकी अध्यक्ष ईश्वरी विकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष सोनिया गुरुङ विकले स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव सपना विकले गर्नुभएको थियो ।

तालिममा पोखरा महानगरपालिका क्षेत्रका ३६ जना महिलाको सहभागिता रहेको आयोजकले जनाएको छ ।

Author

Share the News

Recent News

Related News