पोखरा । “महिला सशक्तीकरण र आर्थिक आत्मनिर्भरताका लागि सामूहिक प्रयास” भन्ने मूल नारासहित स्थापित सिद्धार्थ नमुना दिदीबहिनी समूहको सातौँ साधारणसभा तथा तेस्रो अधिवेशन २०८३ जेठ २३ गते सम्पन्न भएको छ ।
पोखरा महानगरपालिका-१७, छोरेपाटनस्थित समूहको सभाकक्षमा सम्पन्न अधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि दुर्गा ढकालको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ ।
कार्यक्रममा संस्थाकी अध्यक्ष दुर्गादेवी बरालले छोरेपाटन क्षेत्रका महिलाहरूलाई सङ्गठित गर्दै सीपमूलक तथा आयआर्जनका कार्यक्रम सञ्चालन, सामाजिक चेतना अभिवृद्धि, महिला अधिकार प्रवर्धन र स्थानीय विकासमा महिला समूहहरूले खेलेको भूमिकाप्रति आभार व्यक्त गर्नुभयो ।

साधारणसभामा आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा भावी कार्ययोजनामाथि छलफल गरी आवश्यक परिमार्जनसहित सर्वसम्मत रूपमा पारित गरिएको जानकारी सचिव सुनिता तिमिल्सिनाले दिनुभयो ।
निर्वाचन समिति संयोजक सपना पौडेलका अनुसार तेस्रो अधिवेशनले दुर्गा ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा इन्दिरा पौडेल, सचिवमा सुनिता तिमिल्सिना, सहसचिवमा अन्जना बोगटी तथा कोषाध्यक्षमा कल्पना परियार चयन हुनुभएको छ ।
त्यसैगरी सदस्यहरूमा शान्ती कार्की, विद्या प्रधान, मोति भुजेल, देवी ढकाल, सरस्वती थापा, शान्ति बास्तोला र जुना बास्तोला रहनुभएको छ ।
निर्वाचन समितिमा सपना पौडेलको संयोजकत्वमा लक्ष्मी अर्याल र सङ्गीता ढकाल सदस्य रहनुभएको थियो ।

समूहका सल्लाहकारहरूमा कल्पना अधिकारी, जमुना गुरुङ, शान्ति बराल, टीका लामिछाने, मन्जु रिमाल, गङ्गा ढकाल तथा सरस्वती पराजुली रहनुभएको छ ।
दुर्गादेवी बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष दुर्गा ढकालले राख्नुभएको थियो भने सञ्चालन सचिव सुनिता तिमिल्सिनाले गर्नुभएको थियो ।
कार्यक्रममा समूहका पदाधिकारी, कार्यसमिति सदस्य, विभिन्न टोल विकास संस्थाका प्रतिनिधि तथा स्थानीय दिदीबहिनीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।