मानव आवाज

२०८३ जेष्ठ २२ गते
00: 00: 00
२०८३ जेष्ठ २२ गते

कास्कीकी प्रजिअ शर्माको धनकुटा सरूवा, कास्कीमा गुरूङ

पोखरा । कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) रुद्रादेवी शर्मा धनकुटा सरूवा हुनुभएको छ । गण्डकी प्रदेशको राजधानी एवम् पर्यटकीय शहर पोखरा रहेको कास्की जिल्ला प्रशासनिक दृष्टिले चुनौतीपूर्ण मानिन्छ ।

यही जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ)का रूपमा सहसचिव रूद्रादेवी शर्मा एक वर्षे कार्यकाल पूरा गरी सातौँ जिल्लाको कमान्ड सम्हाल्न धनकुटा जाँदै हुनुहुन्छ ।

‘क’ वर्गका जिल्लादेखि दुर्गम जिल्लाको कमाण्डसम्म शर्माले रामेछाप, गुल्मी, भक्तपुर, काभ्रेपलाञ्चोक, बर्दिया, कास्की हुँदै धनकुटाको नेतृत्व सम्हानु हुने भएको छ ।

गृहमन्त्रीस्तरीय २०८३ जेठ २१ गतेको निर्णयअनुसार १५ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरूवा गरिएको हो ।

निर्णयअनुसार शर्मालाई जिल्ला प्रशासन कार्यालय, धनकुटामा पदस्थापन गरिएको छ । त्यस्तै, कास्कीको प्रमुख जिल्ला अधिकारीमा गृह मन्त्रालयका सहसचिव कुमान सिंह गुरूङ आउने भएका छन् ।

यसैगरी स्याङ्जाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालको पनि संखुवासभामा सरूवा भएको छ । अर्यालको स्थानमा गृह मन्त्रालयका सहसचिव निराजन घिमिरे स्याङ्जामा खटाइएका छन् ।

मन्त्रालयले जनाएअनुसार गृह मन्त्रालयअन्तर्गत कार्यरत अन्य सहसचिवहरूको समेत सरूवा गरिएको छ ।

यसअन्तर्गत लक्ष्मी पाण्डे गौतमलाई धादिङ र बलराम निरौलालाई भैरहवास्थित अध्यागमन कार्यालयमा सरूवा गरिएको छ ।

त्यसैगरी, मन्त्रालयअन्तर्गतका पाँच महाशाखा र विभिन्न विभागहरूमा समेत सहसचिवहरूको जिम्मेवारी हेरफेर गरिएको जनाइएको छ ।

Author

Share the News

Related News