पोखरा । “परिवर्तनको सुरुवात आफैँबाट सम्भव छ” भन्ने भनाइलाई व्यवहारमा उतार्दै शिक्षाकर्मी बाबुराम पाण्डेले विद्यालय रूपान्तरणको उदाहरण प्रस्तुत गर्नुभएको छ ।
पाण्डेले २०७५ असोज १५ गतेदेखि भगवती माध्यमिक विद्यालय, सुनवल नगरपालिका-४ को नेतृत्व सम्हालेपछि विद्यालयले शैक्षिक, व्यवस्थापकीय र गुणस्तरीय सुधारतर्फ उल्लेखनीय फड्को मारेको छ ।
हाल पाण्डे २०८३ वैशाख १८ गतेदेखि महाकवि देवकोटा नमुना माविमा प्रधानाध्यापक कार्यरत रहनु भएको छ ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिका-७ डाँडाखर्कमा बुबा पिताम्बर पाण्डे र आमा रेवती पाण्डेको कोखबाट २०२८ चैत २२ गते जन्मनुभएका पाण्डे हाल नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सुनवल नगरपालिका-३ निवासी हुनुहुन्छ ।

अङ्ग्रेजी र ईपीएममा स्नातकोत्तर तथा एलएलबी अध्ययन गर्नुभएका पाण्डेले अनुशासन, दूरदृष्टि र समर्पणलाई नेतृत्वको आधार बनाउँदै विद्यालयलाई नयाँ उचाइमा पुर्याउनुभएको हो ।
उहाँकै नेतृत्वमा विद्यालयप्रति विद्यार्थी र अभिभावकको विश्वास बढेको छ । शैक्षिक सुधारसँगै उत्कृष्ट शिक्षकलाई प्रोत्साहन गर्न पाण्डेले १ लाख रुपियाँ राशिको “सीता राम बेस्ट टिचर अवार्ड”अक्षयकोष समेत स्थापना गर्नुभएको छ ।
२०८२ को एसईईमा नवलपरासी पश्चिममा सामुदायिक विद्यालयमध्ये भगवती माविको नतिजा पहिलो भएको छ । पाण्डेको कार्यकालमा महाकवि देवकोटा नमुना मावि भएको पनि शिक्षक पाण्डेले बताउनुभयो ।
पाण्डेको पत्नी सीता पाण्डे शिक्षक जनता माध्यमिक विद्यालय पाल्हीनन्दन गाउँपालिका-४ लोहरौली नवलपरासीमा अध्यापनरत हुनु हुन्छ ।
छोरा अमृत पाण्डे इलोक्ट्रोनिक्स इन्जिनियर छैटौँ सेमेस्टर, छोरी सुधा पाण्डे एमबिबिएस पाँचौँ सेमेस्टरमा अध्यनरत हुनुहुन्छ ।
दुवैले महाकवि देवकोटा माध्यमिक विद्यालयबाटै एसइइ उत्तीर्ण गरेका बाबु बाबुराम पाण्डेले बताउनु भयो ।
पाण्डेले विद्यालयको सफलता एक व्यक्तिको नभई विद्यार्थी, अभिभावक, विद्यालय परिवार र सरोकारवालाको साझा मेहनतको परिणाम भएको बताउनुभएको छ । शिक्षा क्षेत्रमा उहाँको योगदानलाई प्रेरणादायी नेतृत्वका रूपमा हेरिएको छ ।